मन्थलीमा बैंकका कर्मचारीसहित थप चार जनामा कोरोना संक्रमण

मन्थलीमा बैंकका कर्मचारीसहित थप चार जनामा कोरोना संक्रमण

काठमाडौं : रामेछापमा थप चार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले थप दुई महिला र दुई पुरुष गरी चार जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।

२३ गते मन्थली नगरपालिकाबाट ४३ जनाको स्वाब संकलन गरेर पीसिआर विधिबाट परीक्षण गर्न प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला धुलिखेल पठाइएको थियो। जसमा गएराति ४ जनाको रिपोर्ट पोजिटिभ आएको हो। 

थापाका अनुसार राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत एक महिला र दुई पुरुष कर्मचारीमा कोरोना पुष्टि भएको छ। उनीहरु होम आइसोलेसनमा बसेका छन् । 

यसैगरी मन्थली बचत तथा ऋण सहकारी संस्थामा कार्यरत एक महिला कर्मचारीमा पनि संक्रमण देखिएको छ।

यस अगाडि बुधबार दिउँसो जिल्ला अस्पतालबाट २६ गते पठाएका ९९ जनामध्ये तीन जनाको पीसिआर रिपोर्ट पोजिटिभ आएको थियो। थापाका अनुसार जिल्ला अस्पतालमा कार्यरत कर्मचारीसहित मन्थली नगरपालिका-६ को एक जना पुरुष, वडा नं.११ को एक पुरुषलाई संक्रमण देखिएको हो।

पछिल्लो समय रामेछापमा दैनिक रुपमा कर्मचारी र सर्वसाधारणमा संक्रमण देखिन थालेको छ। मंगलबार एकैदिन २३ जनामा कोरोना पुष्टि भएको थियो। कर्मचारीमा कोरोना देखिएपछि मन्थली नगरपालिका र प्राथमिक स्वास्थ्य केन्द्रबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सेवा अहिले बन्द गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.