ट्रम्पका १४ वर्षीय छोरालाई पनि कोरोना संक्रमण, तर लक्षण देखिएन

ट्रम्पका १४ वर्षीय छोरालाई पनि कोरोना संक्रमण, तर लक्षण देखिएन

वासिङटन : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका १४ वर्षीय छोरा ब्यारोनलाई पनि कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

तर यसका कुनै लक्षण नदेखिएको बताइएको छ । जब कि, ट्रम्प र उनकी पत्नी मेलानिया दुबै संक्रमित भइसकेका छन् । मेलानियाले बुधबार विज्ञप्ति मार्फत यस्तो जानकारी दिएकी हुन् । ‘भाग्यवश उ कलिलो किशोर हो र कुनै लक्षण दखिएको छैन,’ मेलानियाले बताइन् । मेलानियाका अनुसार उनीसँगै कोभिड १९ परीक्षण गर्ने क्रममा ब्यारोनलाई संक्रमण देखिएको थिएन ।

डोनल्ड ट्रम्पले डेस मोइनेसमा भएको चुनावी र्यालीको क्रममा ब्यारोन अहिले ठीक भएको बताए । साथै यसलाई उनले स्कुल खोल्नुपर्ने उदाहरणको रुपमा पनि अथ्र्याएका थिए । ट्रम्पले अमेरिकामा कोरोना महामारीका बावजुद स्कुल खोल्नुपर्ने भन्दै बारम्बार भन्दैआएका छन् ।

‘उसलाई यो भएको कुरा उसलाई थाहा छ जस्तो पनि लाग्दैन मलाई । किनकि, उनीहरु युवा छन् र उनीहरुको रोग प्रतिरोधी क्षमता बलियो छ । र उनीहरु यसविरुद्ध लड्न सक्छन् । यसैले अब बच्चाहरुलाई स्कुल पठाउँ,’ ट्रम्पले भनेका छन् ।

मेलानियाले पनि आफूलाई न्युन लक्षण मात्रै देखिएको बताइन् । साथै उनले आफूले फस्र्ट लेडीको रुपमा सकेसम्म चाँडै आफ्नो काम गर्ने बताइन् । ‘मैले खोकी, शरीर र टाउको दुखाइको अनुभव गरेँ, र धेरैजसो समय एकदमै थाकेको महसुश गरेँ । तर म औषधिको सट्टा धेरै प्रकृतितिर नजिक गएँ, विकल्पमा स्वस्थ खाना र भिटामिनका खाना खाएँ,’ मेलानियाले भनेकी छन् ।
डोनल्ड ट्रम्प र मेलानियालाई एकैपटक संक्रमण भएपछि अक्टोबर २ देखि तीन रात मात्रै सैन्य हस्पतालमा बिताएका थिए ।

भाइरसको उपचारका लागि ट्रम्पले प्रयोगात्मक एन्टिबडी थेरापीको अभ्यास गरेको बताइन्छ । मेलानियाले भने परिवारका तीनैजनालाई एकै पटक संक्रमण हुँदा एकअर्कामा सँगै केयर गर्न पाएकोमा खुसी भएको बताइन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.