भारतका विभिन्‍न स्थानमा भारी वर्षा र बाढी, ३० को मृत्यु

भारतका विभिन्‍न स्थानमा भारी वर्षा र बाढी, ३० को मृत्यु

नयाँदिल्ली : दक्षिण भारतका विभिन्न क्षेत्रमा मुसलधारे वर्षाका कारण जनजीवन अस्तव्यस्त बनेको छ । विभिन्न स्थानमा गरी कम्तिमा ३० जनाको मृत्यु भएको बताइएको छ ।

तेलंगानामा पछिल्लो दुई दिनदेखि भारी वर्षाका कारण बाढी आउँदा जनजीवन कष्टकर बनेको छ । राजधानी हैदराबादका कतिपय स्थान जलमग्न बन्दा थुप्रै मानिस विस्थापित बनेका छन् । आन्ध्र प्रदेश, केरल, ओडिसा कर्नाटक सहित महाराष्ट्रका विभिन्न ठाउँमा पनि भीषण वर्षासँगै बाढीले जनजीवन अस्तव्यस्त बनाएको छ ।

आन्ध्र प्रदेशका कम्तिमा ६ जिल्लामा वर्षाको असर देखिएको छ । भारी वर्षाका कारण आएको बाढीबाट दुईदेखि तीन सय गाउँ प्रभावित बनेका छन् । बीबीसी हिन्दीका अनुसार भारी वर्षाका कारण आन्ध्र प्रदेशका विभिन्न स्थानमा सडक भत्किनुका साथै बिजुली समेत कटौती भएको छ । यस्तै हैदराबादमा बाढीका कारण दुई दिनको अवधिमा करिब एक दर्जन मानिसको ज्यान गएको छ ।

यस्तै बंगालको खाडीमा उत्पन्न कम हावाको दबाबका कारण ओडिसाका धेरैजसो भागमा वर्षा भएको बताइएको छ । यस्तै भारतीय मौसम विभागले १४ अक्टोबरमा महाराष्ट्रमा अझै दुईदेखि तीन दिन भारी वर्षा हुने चेतावनी दिएको बीबीसी हिन्दीमा उल्लेख छ । साथै कतपिय स्थानमा अलर्ट गरिएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै आन्ध्र प्रदेश र तेलंगनामा तीव्र वर्षाका कारण उत्पन्न भएको अवस्थाप्रति दुबै राज्यका मुख्यमन्त्रीसँग कुराकानी गरेर मद्दत गर्ने आश्वासन दिएका छन् । केन्द्रीय गृहमन्त्री अमित शाहले पनि गृह मन्त्रालय तेलंगना र आन्ध्र प्रदेशमा भइरहेको भारी वर्षा र बाढीबाट उत्पन्न  अवस्था आफूले देखेको र सहायता गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.