गाउँपालिकाका वडा अध्यक्षको मृत्यु
बैतडी : बैतडीको सुर्नया गाउँपालिका ५ का वडाध्यक्ष केशव मडैको मृत्यु भएको छ । उनको बिहीबार ७० वर्षको उमेरमा मृत्यु भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
बिहान घरमै रहेका बेला एक्कासी मुर्छा परेर ढलेपछि उनलाई उपचारको लागि जिल्ला अस्पताल बैतडीमा पुर्याएको हो। अस्पतालमा बिहीबार दिउँसो ३ बजेतिर निधन भएको हो ।
मृतक वडाध्यक्ष लामो समयदेखि सुगर,प्रेसर र जण्डिसको बिरामी रहेको सुर्नया गाउँपालिकाका उपाध्यक्ष लिला विष्टले जानकारी दिइन् । वडाध्यक्ष मडैको ३/४ दिन देखि अस्वस्थ्य रहेको बुझिन आएको प्रहरी नायव उपरीक्षक अधिकारीले बताए ।
मृतकको शव परिवारको जिम्मा लगाइसकिएको छ । आफन्तले कालगति नै उनको मृत्यु भएको भनेपछि शब परीक्षण गर्न नदिएर लगेको प्रहरीले जनाएको छ । मडै तत्कालिन नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।