राष्ट्रसंघीय अधिकारी भन्छिन्ः बलात्कार जघन्य अपराध हो, तर फासी उचित सजाय हैन

राष्ट्रसंघीय अधिकारी भन्छिन्ः बलात्कार जघन्य अपराध हो, तर फासी उचित सजाय हैन

जेनेभा : संयुक्त राष्ट्रसंघकी एक उच्च अधिकारीले बलात्कारीलाई फासी दिनु उचित सजाय नभएको बताएकी छन् ।

राष्ट्रसंघीय अधिकार प्रमुख मिसेल बेसलेटले हालै बंगलादेशमा बलात्कारीलाई फासीको सजाय दिने व्यवस्थाप्रति लक्षित गर्दै यस्तो बताएकी हुन् । विभिन्न देशमा बलात्कारीलाई मृत्युदण्डको सजाय दिने आवाज उठिरहँदा राष्ट्रसंघीय अधिकार प्रमुख मिसेलले यस्तो प्रतिक्रिया दिएकी हुन् । बलात्कार जघन्य अपराध भए पनि मृत्युदण्ड उचित सजाय नभएको उनको तर्क छ ।

‘यस्तो भयंकर कार्य गर्नेलाई कठोर सजाय दिन सकिन्छ, तर हामीले आफैँ थप उल्लंघन गर्न दिनु हुँदैन,’ मिसेलले विज्ञप्तिमा भनेकी छन् । बंगलादेशमा बिहीबार बलात्कारीलाई मृत्युदण्ड दिनसकिने कानुन बनाएपछि उनको यस्तो प्रतिक्रिया आएको हो । बंगलादेशमा देशव्यापी आन्दोलनको रुप लिएको २०१२ को सामूहिक बलात्कार प्रकरणका दोषीलाई मृत्युदण्डको सजाय सुनाइएको थियो । जहाँ १५ वर्षीया किशोरीलाई पाँच जनाले सामूहिक बलात्कार गरेको घटनालाई लिएर प्रदर्शन नै भएको थियो ।

प्रधानमन्त्री शेख हसिना नेतृत्वको सरकारले बलात्कारीलाई मृत्युदण्डको सजाय दिने निर्णय गरेपछिको यो पहिलो अपराध हो । राष्ट्रसंघीय अधिकार प्रमुख मिसेलले भने बंगलादेशमा बदलिएको कानुन साथै मृत्युदण्ड दिने अन्य देशबारे पनि टिप्पणी गरेकी थिइन् ।

जस्तै पाकिस्तानमा पनि बलात्कारीलाई सार्वजनिक रुपमा फासी दिने चलन छ । यसबारे पनि उनले टिप्पणी गरेकी थिइन् । साथै मिसेलले धेरैजसो मुलुकमा यौन हिंसाको शिकार भएका व्यक्तिलाई पहिलो स्थानमा न्यायको पहुँच नहुनु समस्या भएको बताइन् ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.