मेक्सिकोका पूर्व रक्षामन्त्री अमेरिकामा पक्राउ
लस एन्जलस : मेक्सिकोका पूर्व रक्षामन्त्री साल्भाडोर सीन्फुगोस अमेरिकामा समातिएका छन् । बिहीबार लस एन्जलस विमानस्थलमा उनी पक्राउ परेको मेक्सिकोका विदेशमन्त्रीले बताएका छन् ।
साल्भाडोर समातिनुको कारण भने खुलाइएको छैन । साथै उनी लस एन्जलसदेखि अन्यत्र जाँदा वा त्यहाँ पुग्दा समातिएको हो केही खुलाइएको छैन ।
उनले २०१२ देखि २०१८ सम्म इरिक पिया नितोको सरकार रहँदा रक्षामन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।
अमेरिकामा २०१९ मा सुरक्षा अधिकारी जेनरो गार्सिया लुना समातिए यता मेक्सिकन पूर्व उच्च पदाधिकारी समातिएको यो पहिलो घटना हो ।