पाकिस्तानमा सुरक्षाकर्मीको गाडी विस्फोट गरिँदा १४ को मृत्यु
इस्लामाबाद : पाकिस्तानको बन्दरगाह राजमार्गमा सुरक्षाकर्मीहरु चढेको गाडी विद्युतीय धरापमा परी १४ सुरक्षाकर्मीको मृत्यु भएको छ ।
ग्वादर क्षेत्र नजिकै बुजी टपमा स्थानीय समयअनुसार बिहीबार मध्यराति १२ बजे सुरक्षाकर्मीको गाडीमाथि आक्रमण गरिएको थियो । यस क्रममा सोही स्थानमा खटाइएका अन्य कर्मचारीहरु भने सुरक्षित रहेको बताइएको छ ।
विस्फोटको क्रममा सुरक्षाकर्मीहरु चढेको सवारी साधन पनि नष्ट भएको छ । घटनाका बारेमा प्रधानमन्त्री इमरान खानले दुःख व्यक्त गर्दै मृतकका परिवारजनप्रति सहानुभूति व्यक्त गरेका छन् । तर सुरक्षाकर्मीको गाडीमा कसले र किन विस्फोट गराएको थियो भन्ने बारे यकिन भएको छैन । सरकारले घटनाबारे छानविन गर्ने पनि जनाएको छ ।