दोलखामा करदाता सेवा कार्यालय, साना व्यवसायी लाभान्वित

दोलखामा करदाता सेवा कार्यालय, साना व्यवसायी लाभान्वित

दोलखा : सदरमुकाम चरिकोटमै करदाता सेवा कार्यालयले राजश्व संकलनको काम सुरु गरेको छ । यसअघि राजश्वभन्दा यातायात र बसाइ खर्च बढी तिरेर धुलिखेलबाट लिनुपर्ने सबै सेवा शुक्रबारदेखि सदरमुकाम चरिकोटमै सुरु भएको हो ।

आन्तरिक राजश्व कार्यालय धुलिखेलले शुक्रबारदेखि सदरमुकाम चरिकोटबाट करदाता सेवा सुरु गरेसँगै जिल्लाका साना व्यवसायीहरु लाभान्वित हुन थालेका छन् । प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद शिवाकोटीले करदाता सेवा कार्यालयलाई नै प्यान नम्बर प्रदान गरी सेवा सुरु गरेका थिए । प्रजिअ शिवाकोटीले करदातालाई रहरले कर तिर्ने वातावरण सिर्जना गर्न कर्मचारीहरुलाई आग्रह गरे ।

जिल्लाबाट सेवा सुरु भएसँगै साना व्यवसायीलाई धेरै सहज हुने र करदाता संख्या पनि थपिने आनुमान गरिएको करदाता सेवा कार्यालय दोलखाका प्रमुख रामकु्मार श्रेष्ठले बताए । कार्यालय सञ्चालनमा आएसँगै व्यक्तिगत प्यान, व्यवसायिक प्यान र भ्याट दर्ता तथा खारेज, करचुक्ता प्रमाणपत्र प्रदान, कर विवरण, आय विवरण, अन्तःशुल्क विवरण बुझाउने लगायतका सेवा लिन जिल्ला बाहिर जानु नपर्ने प्रमुख श्रेष्ठको भनाइ छ ।

चालु आर्थिक वर्षको असोज २८ गतेसम्म दोलखा जिल्लामा १० हजार ३ सय ९ वटा प्यान तथा भ्याट दर्तामा रहेको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७६/०७७ मा दोलखाबाट प्यान, भ्याट र अन्तशुल्कबापत १५ करोड २७ लाख ७४ हजार ३ सय २ राजश्व संकलन भएको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए ।

जिल्लामा व्यक्तिगत प्यान २२९४, व्यवसायिक प्यान ६८०८, भ्याट १०१८, सरकारी कार्यालयको प्यान ४४, शैक्षिक प्यान १६, स्वास्थ्य प्यान ८, अन्तशुल्क ५१ वटा गरी कूल १० हजार ३ सय ९ करदाता रहेको कार्यालयको तथ्याङ्क छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.