भारतको उत्तर प्रदेशमा प्रहरी अधिकृत बसेकै बैठकमा गोली चल्यो, एकको मृत्यु

भारतको उत्तर प्रदेशमा प्रहरी अधिकृत बसेकै बैठकमा गोली चल्यो, एकको मृत्यु

नयाँदिल्ली : भारतको उत्तर प्रदेशस्थित बलिया जिल्लाको दुर्जनपुर गाउँमा राशन कोटा छनोटका लागि बसेको स्थानीयको बैठकमा गोली चल्दा एक जनाको मृत्यु भएको छ ।

बैठकमा विवाद भएपछि बैठकमै उपस्थित एक व्यक्तिले गोली प्रहार गरेका थिए । उनको गोली लागी एकजनाको मृत्यु भयो भने अरु ५ जना घाइते छन् । उनीहरुको अवस्था गम्भीर रहेको बताइएको छ ।

स्थानीय मिडियाका अनुसार उक्त बैठकमा प्रहरी अधिकृत लगायत अन्य स्थानीय सरकारी अधिकारीहरु पनि थिए । प्रहरीका अनुसार गोली प्रहार गर्ने व्यक्ति भागेकाले खोजी कार्य भइरहेको छ । तर राज्य सरकारले त्यहाँ उपस्थित स्थानीय प्रहरीहरुलाई लापरवाही गरेको भन्दै निलम्बन गरेको छ ।

कोटाबारे विवाद भएपछि दुई समुहमा विभाजित भइ स्थानीयहरुबीच झगडा भएको थियो । बैठकमा गोली चलेपछि भने कोटा प्रकृया नै स्थगित भएको थियो । उत्तर प्रदेशकै हाथरसमा गत महिना सामूहिक बलात्कारपछि हत्या प्रकरणमा प्रहरीले लापरवाही गरेको भन्दै आलोचित बनेपछि थुप्रै प्रहरी अधिकारीहरु निलम्बनमा परेका थिए ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.