छुट्टाछुट्टै  घटनामा दाङ र सल्यानमा तीनजनाको मृत्यु

छुट्टाछुट्टै  घटनामा दाङ र सल्यानमा तीनजनाको मृत्यु

दाङ : दाङ र सल्यानमा छुटाछुट्टै घटनामा तीनजनाको मृत्यु भएको छ । दाङ र सल्यानमा दुईजनाको हत्या भएको छ भने एकजना मृत अवस्थामा भेटिएका हुन् । देउखुरीमा दुईजनाको कुटाइबाट राप्ती गाउँपालिका ३ नयाँबस्तीका १८ वर्षीय चौधरीको मृत्यु भएको छ । 

बिहीबार राती छिमेकी घरमा कुखुरा चोर्न गएका चौधरीको बावु छोराको कुटाइबाट घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ । कुखुरा चोर्न आएको भन्दै  ६० वर्षीय बावु खलबहादुर घर्तीमगर र छोरा २५ वर्षीय ओमप्रकाश घर्तीमगरले चौधरीलाई कुटेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार घर्तीको घरमा कुखुरा चोर्न खोज्दा कुखुरा कराउन थालेपछि बावु छोराले चौधरीमाथि आक्रमण गरेका थिए । सुरुमा छोराले कुटपिट गरेको र पछि बावुले आफूले टेक्ने लठ्ठीले टाउकोमा हिर्काउँदा चौधरीको घटनास्थलमै मृत्यु भएको थियो । 

कुटेर मारेको आरोपमा बावुछोरालाई इलाका प्रहरी कार्यालय भालुवाङले आफ्नो नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिसकेको छ । यस्तै सल्यानमा दाउरा प्रहारबाट  एकजनाको हत्या भएको छ ।

बन्गाड कुपिण्डे नगरपालिका वडा नम्बर १० थापाचौरमा २० वर्षीय देवीलाल पुनले २४ वर्षीय अमर पुनको हत्या गरको प्रहरीले जनाएको हो । उनीहरु दुवैबीचको नाता दाइभाइको हो ।

भाइले दाइको हत्या गरेको वडाअध्यक्ष मानसिंह पुरीले जानकारी दिए । मदिरा सेवन गरेर झगडा हुँदा दाउराले हिर्काएर भाइले दाइको हत्या गरेको बुझिएको छ । बिहीबार साँझ भाइले दाइको हत्या गरेर शव गाउँ नजिकैको जोगेन्द्र भन्ने जंगलको ओढारमा फालेको अवस्थामा शुक्रबार भेटिएको हो । घटनाको थप वितरणका बारेमा खोजि भइरहेको सल्यान प्रहरी प्रमुख, डिएसपी गोबिन्द थापाले जानकारी दिए । 

यस्तै दाङको बबई गाउँपालिकामा एकजना पुरुष मृत फेला परेका छन् । बबई गाउँपालिका ६ निवासी ३७ वर्षीय गणेश केसी मृत फेला परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक मोहनविक्रम केसीका अनुसार शुक्रबार बिहान नालाको छेउमा अर्धनंगन अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । 

केसीको शवलाई पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ । मृतक केसीले मानसिक रोग सम्बन्धि औषधि सेवन गर्ने गरेको परिवारले प्रहरीलाई बयान दिएका छन् । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.