छ दुर्भाग्य चक्का सधैं जाम हुन्छ !
गर्यो कल्पना आज लौ काम हुन्छ
यहाँ देशलाई बिसञ्चो छ सुन्छु
नजरको कुरा हो नजरकै नजरले
कुनै खास हुन्छ कुनै आम हुन्छ !
तिमीले र मैले नमानेर के भो
कसैलाई रावण यहाँ राम हुन्छ !
छ आकाशमा घाम त्यस्ले हुँदैन
निराशा टरे आङमा घाम हुन्छ !
म काशी र काबा कहाँसम्म धाऊँ ?
जहाँ हुन्छ श्रद्धा त्यहीं धाम हुन्छ !
सधैं च्यार्र च्यातिन्छ हा ! कल्ले भन्छ
चिठी पर्छ मक्खै बली खाम हुन्छ !
कहाँ शक्ति गन्नु कुनै भीडलाई ?
तमासेहरूको ठूलै लाम हुन्छ !