चीनको दावी: नेपाली भूमि मिचेका छैनौँ, भवन बनाएको आफ्नै जमिनमा हो

चीनको दावी: नेपाली भूमि मिचेका छैनौँ, भवन बनाएको आफ्नै जमिनमा हो

बेइजिङ : चीनले सीमाक्षेत्रमा पर्ने नेपाली जिल्ला हुम्लास्थित नेपालको भूमि मिचेर भवन निर्माण नगरेको दावी गरेको छ । चिनियाँ अधिकारीले आफ्नै भूभागमा भवन निर्माण गरेको दावी गरेका हुन् ।

हालै चिनियाँ पक्षबाट निर्माण भएका भवन रहेको स्थान चीनकै बुराङ्ग काउन्टीको अलिमा रहेको उनीहरुको दावी छ । तिब्बतस्थित बुराङ काउन्टीका अधिकारीले चिनियाँ पत्रिका ग्लोबल टाइम्ससँग हालै दिएको अन्तर्वार्तामा यस्तो दावी गरिएको हो ।

गत मे महिनामा हुम्लाका जनप्रतिनिधिले नेपाली भूमिमा चीनले भवन निर्माण बनाएको साथै सीमास्तम्भ समेत गायब भएको बताएका थिए । नेपाल सरकारले भने चिनियाँ पक्षबाट सीमा नमिचिएको भन्दै विज्ञप्ति नै निकाल्यो ।

सोही घटनाक्रममा चिनियाँ अधिकारीले मिडियामार्फत नेपालको भूमि नमिचेको सपष्टिकरण दिएका हुन् । तिब्बतस्थित बुराङका परराष्ट्र सम्बन्ध निर्देशक बाकीले गत मे महिनामा भवन निर्माण गर्नुअघि नै सेना, स्थानीय नापी अधिकारी र सर्वेक्षण अधिकारीको सर्वेक्षणपछि चिनियाँ भूमि यकिन गरिएको बताए ।

उनले भवन निर्माण गरिएको स्थान पूर्ण रुपमा चीनकै भूभाग रहेको दावी गरे । साथै सबैभन्दा नजिकको भवन दुई देशको सीमाभन्दा एक किलोमिटर टाढा रहेको पनि उनले बताए । बरु नेपाली पक्षबाटै सीमा यकिन हुन नसकेको चिनियाँ पक्षको आशंका छ ।


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.