फिल्म 'एउटा यस्तो प्रेम कहानी'को दोश्रो टिजर रिलिज, हल खुल्नासाथ प्रदर्शनमा आउने

फिल्म 'एउटा यस्तो प्रेम कहानी'को दोश्रो टिजर रिलिज, हल खुल्नासाथ प्रदर्शनमा आउने

काठमाडौँ : चार दशक नेपाली चलचित्रमा सक्रिय कलाकार शिव श्रेष्ठले प्रस्तुत गरेको फिल्म 'एउटा यस्तो प्रेम कहानी'को दोस्रो टिजर सार्वजनिक भएको छ ।

शिव श्रेष्ठका छोरा शक्ति र करिस्मा मानन्धरकी छोरी कविताको डेब्यु फिल्म पनि हो यो । उनै फिल्मकर्मीका सन्तानको जोडीका रुपमा भएकोले पनि फिल्मको चर्चा बढी छ।

दीपक सापकोटाको निर्देशनमा बन्न लागेको यस फिल्मको २०७५ जेठ १ गते नै एक्सन टिजर रिलिज गरिएको थियो । पाकिस्तानी, बङ्लादेशी र थाइ फिल्म मार्फत नेपाली र सम्बन्धित देशको कला संस्कृतिको उत्थानमा योगदान दिएका शिवले कोरोना संकटका बेला पनि नयाँ फिल्मको तयारी भएको कुरालाई निर्देशक सापकोटाले सकारात्मक पक्ष ठानेका छन् ।

'मल्टी स्टार' र 'बिग बजेट' फिल्म भएकाले सुटिङ सक्न केही लामो समय लागेको निर्माण युनिटको भनाइ छ। यसअघि निर्माण गरेको फिल्म बाग्मती व्यवसयिक रुपमा सन्तोषजनक नभए पनि निर्माता यशोधा राई र दिनेश दर्शनधारीले नेपाली फिल्म प्रतिको सद्भाव प्रष्ट पर्दै नेपाल सरकारले फिल्म प्रदर्शनको बाटो खोल्नासाथ एउटा यस्तो प्रेम कहानी हलमा प्रदर्शन गर्ने जमर्को गर्नुलाई सापकोटा सह्रानीय भएको बताउँछन्।

शनिबार रिलिज गरिएको दोश्रो टिजरमा माया र संवेदनालाई सम्बोधन गर्ने दृश्य समेटिएका छन्। यसै फिल्म मार्फत डेब्युको तयारी गरेका शक्ति श्रेष्ठ र कविता मानन्धर दोश्रो टिजरमा भने समेटिएका छन्। पहिलो फिल्ममै उनीहरुले फिल्ममा गरेको मेहनत र अनुभवी कलाकार झैँ गरेको जीवन्त अभिनयले फिल्मको रौनक बढाउने फिल्म युनिटको अपेक्षा छ।

फिस्टेल मुभिजको ब्यानरमा बनेको फिल्मको निर्माता यशोधा राई र दिनेश दर्शनधारी र सहनिर्माता खुम तामाङ, सुनिल कटवाल, राम नारायण शाह, दिनेश थापामगर र तारा तुलाधर छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.