उपचार गरी अस्पतालबाट घर फर्किसकेपछि कोरोनाबाट घरमै मृत्यु

उपचार गरी अस्पतालबाट घर फर्किसकेपछि कोरोनाबाट घरमै मृत्यु

नुवाकोट : कोरोनाभाइरसका कारण नुवाकोटमा ६१ वर्षीया एक महिलाको मृत्यु भएको छ ।

विदुरदेखि ५० किलोमिटर पूर्वमा रहेको शिवपुरी गाउँपालिका वडा नं.  ४ सिक्रेकी एकल महिलाको शनिबार घरमै ज्यान गएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालका अनुसार उनको शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो । शनिबार दिउसो १ बजे घरमै मृत्यु भएको हो ।

स्थानीयका अनुसार मृतक महिला दम र निमोनियासहित क्यान्सरबाट पनि पीडित थिइन् । साथै उनलाई गत असोज २९ गते मात्रै काठमाडौँको टिचिङ अस्पतालबाट उपचारपछि घर फिर्ता ल्याएएको थियो। गाउँमै मृत्यु भएपछि शव व्यवस्थापनको पहल भइरहेको प्रजिअ ढकालले बताए ।

यससँगै नुवाकोट जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा ९ जना संक्रमित थपिएका छन् । संङ्क्रमित ९ जनामध्ये विदुर नगरपालिकाका ४ जना, ककनी गाउँपालिकाका २ र बेलकोटगढी नगरपालिकाका ३ जना छन् ।

तीमध्ये १ जना शिक्षण अस्पताल महराजगञ्जमा, १ जना अस्पतालको आइशोलेसनमा र बाँकी होम आइशोलेसन रहेको स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।

साथै शनिबारसम्म नुवाकोटमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या २ सय ४९ पुगेको छ । सङ्क्रमित मध्ये १ सय ३७ जना कोरोना मुक्त भइसकेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.