न्युजिल्याण्डको निर्वाचनमा प्रधानमन्त्री अर्डेनको पार्टी स्पष्ट विजयी

न्युजिल्याण्डको निर्वाचनमा प्रधानमन्त्री अर्डेनको पार्टी स्पष्ट विजयी

ओकल्याण्ड : न्युजिल्याण्डमा सम्पन्‍न आम निर्वाचनमा प्रधानमन्त्री जकिन्डा अर्डेनको सेन्ट्रल लेफ्ट लेबर पार्टी स्पष्ट बहुमत सहित विजयी भएको छ ।

शनिबार झण्डै एक चौथाइ मत गणना हुन बाँकी छँदा नै विपक्षी पार्टीकी नेत्री जुडिथ कोलिन्सले हार स्वीकार गर्दै जकिन्डालाई बधाइ दिएकी थिइन् । कोभिड १९ महामारी विरुद्धको लडाइँमा सफलता पाउन प्रधानमन्त्री जकिन्डाले देखाएको विवेक र कार्यकौशलका कारण पछिल्लो समय जकिन्डाको चौतर्फी प्रशंसा हुँदैआएको छ ।

हालसम्म मतगणना सम्पन्न भइसक्दा कुल १ सय २० सिटमध्ये जकिन्डाको पार्टीले ६४ सिट जित्ने अपेक्षा गरिएको छ । यसर्थ पनि उनले फेरि आफ्नो पार्टीको एकल सरकार बनाउन सक्षम हुनेछिन् । यस्तै निकटतम प्रतिस्पर्धी लेबर पार्टीले ४९ प्रतिशत मत ल्याएको छ । जुडिथ कोलिन्सको नेशनल पार्टीले भने २७ प्रतिशत मात्रै ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.