एपीवानको चौथो वार्षिकोत्सव : आइडल विजेतालाई पुरस्कार

एपीवानको चौथो वार्षिकोत्सव : आइडल विजेतालाई पुरस्कार

काठमाडौं : नेपालको पहिलो एचडी टेलिभिजन च्यानल एपीवानले शनिबार आफ्नो चौथो वार्षिकोत्सव मनाएको छ। स्थापनाको चार वर्षमै नेपाली टेलिभिजन क्षेत्रको परिभाषा बदलेको एपीवानले आगामी दिनमा दर्शकको मन जित्ने गरी काम गर्ने प्रतिबद्धता यसको व्यवस्थापनले व्यक्त गरेको छ।

२०७२ सालको घटस्थापनकै दिनदेखि प्रसारण सुरु गरेको एपीवानले स्थापनाको चार वर्षमै नेपाली टेलिभिजन क्षेत्रको परिभाषा बदल्न सफल भएको छ। कोरोना महामारीका कारण संक्षिप्त रूपमा गरिएको वार्षिकोत्सव समारोहमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले आफूहरूले सोचेको भन्दा द्रुत गतिमा टेलिभिजन दर्शकमाझ स्थापित भएको र दर्शकले दिएको विश्वासलाई कहिल्यै कम हुन नदिने प्रतिबद्धता व्यक्त गरे। 

नेपाल आइडलजस्तो देशकै पहिलो अन्तर्राष्ट्रिय फ्रेन्चाइज सोदेखि को बन्छ करोडपति, बुगी वुगी डान्सिङ रियालिटी सो, नेपाल लोकस्टारजस्ता उत्कृष्ट कार्यक्रम सफलतापूर्वक गरेर एपीवान टिमले आफूलाई सक्षम सावित गरिसकेको उनको भनाइ छ। आगामी दिनमा दर्शकको विश्वास कायम राख्ने गरी प्रसारण सामग्रीमा जोड दिने अध्यक्ष थापाले प्रतिबद्धता जनाए। 

एपीवान टेलिभिजनको चौथो वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापा।

कार्यक्रममा एपीवानका कार्यकारी उपाध्यक्ष राजेन्द्र शाक्यले अनुकूलता र प्रतिकूलता नभनी खटिएको टिमलाई एपीवानलाई छोटो समयमा स्थापित गर्न सफल भएको बताए। कोरोनाका समयमा खटिएर काम गर्ने सम्पूर्ण कर्मचारी टेलिभिजनको सम्पत्ति भएको बताउँदै उनले आगामी दिनमा थप प्रभावकारी रूपमा दर्शकसामु प्रस्तुत हुने बताए। 

वार्षिकोत्सव समारोहमा एपीवानका उत्कृष्ट कर्मचारी र नेपाल आइडलका विजेतालाई पुरस्कार वितरण गरिएको थियो। उत्कृष्ट कर्मचारीका रूपमा समाचार कक्षबाट सुवास थापा, कमला सुवेदी, मेनुका श्रेष्ठ रहेका छन् भने इन्जिनियरिङ विभागबाट कृष्ण कार्की, रमेश पाण्डे, रविराज पौडेलले पुरस्कार हात पारे। प्रशासनबाट शिवराम थापा, निरज श्रेष्ठ, लेखा शाखाबाट रमेश घोरासैनी, क्यामेरा पर्सन गोपीनाथ केसी, सन्तोष, सुजन थापा, दृश्य सम्पादनतर्फ रविन श्रेष्ठ  र कार्यक्रम प्रोड्युसरबाट सेल्भिना वज्राचार्य उत्कृष्ट कर्मचारीका रूपमा सम्मानित भएका छन्। 

त्यस्तै नेपाल आइडल सिजन थ्रीका विजेतालाई पनि विभिन्न गिफ्ट ह्याम्पर र नगद पुरस्कार हस्तान्तरण गरिएको छ। कार्यक्रममा नेपाल आइडल सिजन थ्रीकी विजेता सज्जा चौलागाईं, फस्ट रनरअप प्रवीण वेडवाल, सेकेन्ड रनरअप किरणकुमार भुजेललाई उनीहरूले पुरस्कारस्वरूप पाएको रकम हस्तान्तरण गरिनुका साथै विभिन्न गिफ्ट ह्याम्पर पनि दिइएको थियो। सज्जाले नगद ५० लाख, प्रवीणले १० लाख र किरणले नगद पाँच लाख नगद प्राप्त गरे। त्यस्तै उनीहरूलाई क्रमशः २५ लाख, २० लाख र १५ लाखको म्यादी जीवन बिमाको प्रमाणपत्र पनि प्रदान गरिएको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.