अफगानिस्तानमा प्रहरी मुख्यालय लक्षित गर्दै बम विस्फोटः १२ मारिए, सय बढी घाइते

अफगानिस्तानमा प्रहरी मुख्यालय लक्षित गर्दै बम विस्फोटः १२ मारिए, सय बढी घाइते

काबुल : अफगानिस्तानको पश्चिमी प्रान्त घोरस्थित प्रहरी हेड क्वार्टरलाई लक्षित गर्दै गरिएको कार बम विस्फोटमा १२ आम नागरिकको मृत्यु हुनुका साथै एक सय भन्दा धेरै घाइते छन् ।

सरकारी अधिकारीका अनुसार घोरको राजधानी फेरोज कोमा रहेको प्रहरी मुख्यालयलाई लक्षित गर्दै आक्रमण भएको हो । स्थानीय मिडियाका अनुसार यो प्रान्त तुलनात्मक रुपमा कम हिंसात्मक गतिविधि हुने क्षेत्र हो ।

स्थानीय समय अनुसार आइतबार बिहान ११ बजे आक्रमण भएको थियो । ‘आतंककारीहरुले कार बम विस्फोट गराए । जहाँ १२ नागरिक मारिए र एक सय भन्दा धेरै घाइते भए,’ गृह मन्त्रालयले जनाएको छ ।

एएफपीका अनुसार घटनामा सुरक्षाकर्मीहरु पनि पीडित भएका छन् । यद्यपि विस्फोटको जिम्मा अहिलेसम्म कुनै पनि समूहले लिएको छैन । प्रान्त सरकारले त्यहाँ शक्तिशाली विस्फोट भएको जनाएको छ । साथै घाइतेहरुलाई नजिकका अस्पतालमा उपचारका लागि लगिएको छ ।

अफगानिस्तानमा २० वर्षदेखि सक्रिय सशस्त्र विद्रोही तालिबान समूहसँग वार्ता प्रक्रिया अझै सम्पन्न भइसकेको छैन । अफगान सरकार, विद्रोही तालिबान समूह र अमेरिकाबीच चरणबद्ध वार्ता भए पनि प्रक्रिया सम्पन्न भइसकेको छैन । तीन पक्षबाटै सम्झौताहरु पूर्ण रुपमा पालना भएका छैनन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.