७२ घण्टा लगातार खिचेर तयार हुँदै चलचित्र ‘श्री’

७२ घण्टा लगातार खिचेर तयार हुँदै चलचित्र ‘श्री’

नुवाकोट : फिल्म निर्देशक एभरेष्ट सूर्य बोहराले आधुनिक प्रविधिसहित नयाँ तरिकाले चलचित्र ‘श्री’ तयार पारेका छन् । अनुभवी निर्देशक बोहराले जम्मा ७२ घण्टा निरन्तर क्यामेरा ‘अन’ गर्नुका साथै एउटै लोकेशनबाट उक्त चलचित्र छायांकन गरेका हुन् ।

नेपाली चलचित्र इतिहासमै सबैभन्दा कम समय अर्थात् जम्मा ७२ घण्टा मात्र क्यामेराले खिचेर सामाजिक विषयवस्तुमा आधारित चलचित्र ‘श्री’ तयार भएको बताइएको छ । कोरोना भाइरसको महामारीका कारण ७ महिनादेखि चलचित्र निर्माण तथा प्रदर्शन ठप्प भएका बेला निर्देशक बोहराले यस पटक चलचित्र निर्माणमा नयाँ कौशल प्रयोग गरेका हुन् ।

चलचित्रको छायांकन सकेर सम्पादन तथा स्वरांकन कार्यसमेत शनिबार सकिएको छ । निर्देशक बोहराले फसर््टलुक पोस्टर समेत सार्वजनिक गरे । चलचित्रमा सन्दीप क्षेत्री, वर्षा शिवाकोटी, बुद्धि तामाङ, राजाराम पौडेल, बसुन्धरा भुसाल, रवीन्द्र झा, भोला सापकोटा, कमलजंग बोहरा (काजी), मोहनकृष्ण श्रेष्ठ, सविता गुरुङ, नवीन श्रेष्ठ तथा बालकलाकार न्यासिका कार्की देखिनेछन् ।

सन्दीप र वर्षाको मुख्य भूमिका फिल्ममा देखिनेछ । जहाँ सन्दीप अघिल्ला फिल्म भन्दा भिन्न भूमिकामा हुने बताइएको छ । एभरेष्ट सूर्य बोहरा फिल्म्सको ब्यानर, महारानी इन्टरटेन्मेन्ट युके र ओएसआर डिजिटलको सहकार्यमा निर्माण भएको ‘श्री’को निर्माता श्री पराजुली र सविता गुरुङ हुन् भने यम बराल, सूर्य सिम्खडा (साइराम), बाल शर्मा (टाइगर) र सिन्धु पौडेल गौतम सहनिर्माता हुन् । चलचित्रमा भरपुर मनोरञ्जन साथै उपयोगी सन्देश समेत प्रस्तुत छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.