भियतनाममा बाढी-पहिरोबाट ७० को मृत्यु

भियतनाममा बाढी-पहिरोबाट ७० को मृत्यु

भियतनाम : भियतनाममा बाढीका कारण यहाँको जनजीवन कष्टकर बनेको छ । भारी वर्षासँगै आएको बाढी पहिरोबाट पछिल्लो एक हप्ताभित्र कम्तिमा ७० जनाको मृत्यु भइसकेको छ ।

बाढका कारण सैनिक ब्यारेक समेत बगाउँदा ११ जना सैनपक जवान वेपत्ता छन् । उनीहरुको खोजी कार्य अहिले पनि जारी रहेको बताइएको छ ।

पछिल्लो हप्तामा भियतनामका विभिन्न स्थानमा भीषण वर्षा हुँदा थुप्रै मानिस प्रभावित बनेका छन् । आगामी दिनमा वर्षा र बाढी अझै बढ्नसक्ने यहाँका मौसमविदहरुले आंकलन गरेका छन् ।

कतिपय स्थानमा त पहिरोले ठूलो भूभाग नै बगाएको छ । सरकारी अधिकारीका अनुसार अधिकांश प्रभावित क्षेत्रमा उद्वारकर्मी खटिएका छन् । यद्यपि ती ठाउँमा फेरि पहिरो वा बाढी जाने खतरा रहेकाले सुरक्षित नभएको चेतावनी दिइएको छ ।

बीबीसी हिन्दीका अनुसार हालै एक हाइड्रोपावर प्लान्टबाट कामदारहरुलाई सुरक्षित निकाल्ने प्रयासमा खटिएका १३ जना उद्वारकर्मीहरुको नै मृत्यु भएको छ । पछिल्लो केही वर्षयता नै भियतनाममा हरेक गर्मीयाममा ठूलो वर्षा र बाढी पहिरो जाने क्रम बढेको बताइन्छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.