कोरोना अपडेट: संक्रमित संख्या ४ करोड नाघ्यो, खोप आउनुअघि नै २० लाखको मृत्यु हुनसक्ने

कोरोना अपडेट: संक्रमित संख्या ४ करोड नाघ्यो, खोप आउनुअघि नै २० लाखको मृत्यु हुनसक्ने

काठमाडौँ : विश्‍वभर कोरोनाभाइरस संक्रमितको संख्या सोमबारसम्म ४ करोड नाघिसकेको छ । यो संख्या सोमबारसम्म ४ करोड ३ लाख २५ हजार भन्दा बढी छ ।

पृथ्वीको उत्तरी गोलार्धमा जाडो मौसम बढेपछि यो संक्रमण झन् फैलनसक्ने विज्ञहरुले बताएका छन् । रोयटर्सका अनुसार विश्‍वभर संक्रमितको संख्या ३ करोडबाट ४ करोडसम्म पुग्न जम्मा ३२ दिन लाग्यो । अर्थात् एक महिनामै १ करोड नयाँ संक्रमित थपिएका हुन् ।

जब कि यसअघि २ करोड संक्रमित संख्याबाट ३ करोड पुग्न ३८ दिन लागेको थियो । र १ करोड संक्रमित संख्याबाट २ करोड पुग्न ४४ दिन लागेको थियो । तर गत वर्षको डिसेम्बरमा चीनको वुहानमा पहिलो संक्रमित देखिएपछिको तीन महिनापछि मात्रै विश्वभर १ करोड संक्रमित भएका थिए ।

विज्ञहरुले पछिल्लो तथ्यांक हेर्दा महामारी झन् तीव्र रुपमा बढ्ने चेतावनी दिएका छन् । पछिल्लो साताको एकै दिन कोरोना संक्रमितको संख्या ४ लाख पुगेको थियो । यति धेरै संक्रमित एकै दिन पुष्टि भएको यो पहिलो पटक हो ।

अन्य दिनमा प्रायजसो एक दिनमा ३ लाख भन्दा धेरै हुने गरेका छन् । कोरोना संक्रमित नियन्त्रणको सवालमा अमेरिका, भारत र ब्राजिल विश्‍वभर सबैभन्दा खराब अवस्था भएका देश हुन् । उत्तर, केन्द्र र दक्षिण अमेरिकामा मात्रै विश्‍वभरका कोभिड १९ का संक्रमित संख्यामध्ये ४७ दशमलब २७ प्रतिशत बिरामी छन् । जुन विश्‍वभर संक्रमितहरुको पूरा संख्याको झण्डै आधा जनसंख्या हो ।

अमेरिकामा १० हजार कोभिड परीक्षणमा २ सय ४७ जति संक्रमित भेटिने गरेको तथ्यांक छ । भारत र ब्राजिलमा भने यो संख्या १० हजारमा ५५ संक्रमित र १० हजारमा २ सय ४८ संक्रमित भेटिने गरेको तथ्यांक सार्वजनिक भएको छ ।

जोन्स हकिन्स विश्वविद्यालयको पछिल्लो तथ्यांक अनुसार यूरोपमा नयाँ संक्रमितको संख्या हरेक दिन १ लाख ५० हजारले वृद्धि भएको छ । इटाली, नेदरल्याण्ड, जर्मनी, अस्ट्रिया, पोल्याण्ड, युक्रेन, साइप्रस र चेक रिपब्लिकमा हरेक दिन संक्रमित संख्या बढ्दो क्रममा छ ।

यूरोपमा जम्मा विश्वको संक्रमित संख्यामध्ये १७ प्रतिशत र मृतक संख्यामध्ये २२ प्रतिशत देखिने गरेको छ । यूके, फ्रान्स लगायत यूरोपका कतिपय देशले अझै पनि कोरोना रोकथामका लागि कडा नीति अपनाइरहेका छन् ।

भारतमा भने कोरोना संक्रमितको संख्या ७५ लाख पुगिसकेको छ । जहाँ डेढ महिनाको अवधिमा ८ लाख भन्दा थेरै सक्रिय संकर्मित अहिले छन् । यस्तै इरान लगायत मध्यपूर्वका देशहरु पनि कोरोना महामारीको गहिरो चपेटामा परेका छन् । ती देशमा पछिल्लो समय संक्रमण तीव्र रुपमा बढ्न थालेको छ । इरानको राजधानी तेहरानमा अक्टोबरको तेस्रो हप्ता मृत्यु हुनेको संख्या ३० हजार पुगेको थियो ।

यस्तै महामारी सुरु भएदेखि हालसम्म कोभिड १९ का कारण ११ लाख मानिसको मृत्यु भइसकेको छ । विश्वभर २ दशमलब ८ प्रतिशत मृत्युदर रहेको तथ्यांक छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार विश्वभरी कोभिड १९ को खोप वितरण गरिनुभन्दा पहिले नै २० लाख मानिसको मृत्यु भइसक्ने आंकलन गरेको छ । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.