इमरान खानकी पूर्वपत्‍नी भन्छिन्: इमरान खानको उल्टो गन्ती सुरु भयो

इमरान खानकी पूर्वपत्‍नी भन्छिन्: इमरान खानको उल्टो गन्ती सुरु भयो

इस्लामाबाद : पाकिस्तानी प्रधानमन्त्री इमरान खानकी पूर्वपत्‍नी रेहम खानले इमरानलाई कठपुतली भएको आरोप लगाइन् ।

साथै इमरानको पछिल्लो भूमिकाप्रति उनको गुनासो छ । भारतीय मिडियासँग कुराकानी गर्दै रेहमले इमरानलाई सेनाको प्रवक्ता भएको समेत आरोप लगाइन् ।

'जसले कठपुतली चुन्छ उनीहरुविरुद्ध विरोध भइरहेको छ । सवाल ११ पार्टीहरुको मात्रै हेन । उनीहरु सबै लोकतन्त्र चाहनेहरुको विरोध हो । जे हिजो राति कराँचीमा देखियो । पाकिस्तानका पूरै जनता उनको विरुद्ध छन् । इमरान खान आर्मीका प्रवक्ता हुन्,' रेहमले भनिन् ।

यस्तै चुनावमा भोट पूरै चोरी भएको समेत उनको आरोप थियो । यतिबेला पाकिस्तानमा प्रधानमन्त्री इमरान खानको राजीनामा माग्दै ११ विपक्षी दलहरुले आन्दोलन गरेका छन् । चरणवद्ध आन्दोलन अन्तर्गत उनीहरुले आइतबार विशाल र्‍याली गरेका थिए ।

यसै क्रममा इमरानकी पूर्वपत्नी रेहमानले समेत उनको कार्यशैलीको विरोध गरेकी हुन् । रेहमले उनी एक खेलाडी भएको र जसले कहिल्यै दबाब झेल्न नसक्ने अनुभव समेत सुनाइन् । साथै अब उनको उल्टो गणना सुरु भएको रेहमको दावी छ ।

अक्टोबर २०१५ मा रेहम खान र इमरान खानबीच सम्बन्ध बिच्छेद भएको थियो । रेहम पाकिस्तानी मूलकी बेलायती नागरिक हुन् । २०१८ मा रेहमले आफ्नो पुस्तकमार्फत इमरानबारे केही रहस्योद्घाटन समेत गरेकी थिइन् ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.