वर्षमा २ सय मिटर कालोपत्रे !

वर्षमा २ सय मिटर कालोपत्रे !

सुर्खेत : एउटा नगरपालिकाले वर्षभरिमा कति सडक कालोपत्रे गर्ला ? ५० किलोमिटर, १० वा ५ किलोमिटर। अनौठो लाग्न सक्छ, कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिकाले एक वर्षमा जम्मा दुई सय मिटर सडक कालोपत्रे गरेको छ।

गत आर्थिक वर्षमा यो नगरबाट सम्पन्न भएका भौतिक विकाससम्बन्धी प्रगति प्रतिवेदन केलाउँदा जनअपेक्षाअनुसार विकासका कार्य हुन सकेको छैन। एक वर्षमा नगरभित्र २ सय मिटर सडक मात्रै कालोपत्रे भएपछि भौतिक प्रगति निराशाजनक देखिएको छ। प्रदेशको राजधानी सहर भएकाले अन्यत्रको तुलनामा यहाँ विकास पूर्वाधार तीव्र गतिमा हुने जनअपेक्षा थियो। 

सडक कालोपत्रे गर्ने समयमा लकडाउन हुँदा लक्ष्यअनुसार काम हुन नसकेको नगरका योजना शाखाका सहायक धनबहादुर खत्रीले बताए। उनले भने, ‘हरेक वर्ष चैत, वैशाखमै सडक कालोपत्रे हुन्छ। यसपटक गत चैतमा लकडाउन भएपछि नगरभित्र सडक कालोपत्रेको काम नै हुन पाएन।’ वीरेन्द्रनगरका हरेक सडक कालोपत्रे हुन आवश्यक भए पनि कोरोना संक्रमणका कारण काम सन्तोषजनक नभएको खत्रीको भनाइ छ। प्रदेश सरकारले पूर्वाधारमा बजेट बढाएकाले अब छिटै सडकको काम अघि बढ्ने नगरपालिकाले जनाएको छ। 

प्रदेश राजधानी भएर पनि वीरेन्द्रनगरका सडक गर्मीमा धुलाम्य तथा वर्षामा हिलाम्य हुने गर्छन्। गत आर्थिक वर्षमा वीरेन्द्रनगरले साढे ५४ किलोमिटर नयाँ सडक बनाएको छ। नगरका १६ वटा वडाका विभिन्न क्षेत्रमा गरी ५४ किलोमिटर नयाँ सडक निर्माण गरिएको हो। हाल नगरपालिकाले उपत्यकाभन्दा बाहिरी वडामा नयाँ सडक बनाउने र स्तरोन्नति गर्ने रणनीति लिएको छ। गत आर्थिक वर्षमा विभिन्न वडामा  साढे १७ किलोमिटर सडक ग्राभेल गरिएको छ। यस्तै पूर्वाधारतर्फ साढे १० किलोमिटर पक्की नाला निर्माण गरिएको र गत वर्ष २० वटा कल्भर्टसहित ह्युमपाइप राखिएको नगरपालिकाले जानकारी दिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.