बसपार्क सुनसान

बसपार्क सुनसान

सुर्खेत :  विगतमा दसैंका बेला कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट बाहिरिने यात्रुको चापले बसपार्क भरिभराउ हुन्थ्यो। टिकट नपाएर यात्रु हैरान हुन्थे। घर फर्कंने यात्रुलाई गन्तव्यमा पु¥याउन यातायात व्यवसायीलाई समेत हम्मेहम्मे पथ्र्यो। तर यो वर्ष भने दसैंमा पनि बसपार्क सुनसान छ। 

यात्रु नआउँदा खाली गाडी कुदाउनु परेको व्यवसायी बताउँछन्। कोरोना महामारीका कारण यसअघि नै धेरै मानिस वीरेन्द्रनगरबाट बाहिरिसकेकाले दसैंमा बसपार्क सुनसान भएको हो। 

गाडी स्टाफलाई खाना खर्चसम्म उठाउनसमेत सकस भइरहेको सुर्खेत काँक्रेविहार यातायात प्रालिका अध्यक्ष रमेश सापकोटाले बताउँछन्। उनका अनुसार विगतका वर्षमा सुर्खेतदेखि दैलेख, कालीकोट, जुम्ला, जाजरकोटलगायत सडक सञ्जाल पुगेका ठाउँसम्म पुग्न सवारीको अग्रिम टिकट बुकिङ हुन्थ्यो। ‘यसपटक मुस्किलले १० प्रतिशत यात्रु मात्रै बसपार्क पुग्ने गरेका छन्’, उनले भने, ‘कोरोना महामारीले यातायात क्षेत्रलाई धरापमा पारेको छ। खर्च उठ्ने गरी कसरी गाडी चलाउनु।’ 

दसैंका लागि राजधानी बाहिरिने समय अन्त्य हुन लाग्दा पनि यस वर्ष यात्रु छैनन्। लकडाउनले लामो समय गाडी रोकेर राखेका यातायात व्यवसायी यात्रुको पर्खाइमा छन्। हाल सुर्खेतमा १२ वटा यातायात प्रालिले सुर्खेतदेखि देशभरका लामो रुटमा सवारी छुटाउँदै आएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.