जडीबुटीबाट मनग्ये आम्दानी

जडीबुटीबाट मनग्ये आम्दानी

बझाङ : परम्परागत रूपमा घरआँगन र जंगलका जडीबुटीबाट बन्ने औषधि अहिले पनि बझाङमा लोकप्रिय छ। जडीबुटीको औषधि बनाएर बिक्री गर्ने गाउँघरका वैद्यले अहिले बजार क्षेत्रमा आएर जडीबुटी बिक्री गरी आय आर्जन गर्दै आएका छन्।

जिल्लाको तल्कोट गाउँपालिका—२ लोकन्ड घर भएका जयबहादुर थापा विगत २० वर्षदेखि जडीबुटीकै व्यापार गरी आयआर्जन गर्दै आएका छन्। तल्कोटको जंगल क्षेत्रतिर घर भएका उनले गाउँमा परम्परागत रूपमा औषधिको उपयोगमा आएका जडीबुटी संकलन गरी औषधि बनाएर चैनपुर बजारमा ल्याइबिक्री गर्ने गर्दछन्।

बजारमा डेरा गरी बस्दै आएका उनी बाकसमा औषधि ल्याएर सडकको छेउछाउमा बसेर बिक्री गर्ने गर्दछन्। परम्परागत रूपमा हाम्रो समाजमा मान्छे बिरामी भए जडीबुटीको नै औषधि गरेर निको गर्ने प्रचलन थियो। जयबहादुर थापाका अनुसार अहिले एलोपेथिक औषधि आएपछि यसको महत्त्व घटेको भए पनि अझै थुप्रै मान्छे जडीबुटीको औषधि नै लिन आउँछन्।

उनीसँग ग्यास्टिक, पेटदुखेको, शरीर दुखेको हातखुट्टा दुखेको, खान मन नहुने जरो झाडा पखाला भएको जस्ता बिरामको औषधि छ। उनीसँगै पदमचारो, जाडमोरो, कटुकी, सिजानुन, कालोनुन, गाज्या, भुतकेस, गनाल्दो, रगसिंगो, निलाथातो, छारोसिस्नुजस्ता थुपै्र जडीबुटी सुकाएको ढुटो पारेको औषधि र जरा राखेका छन्। गाउँमा रहेका यस्ता वैद्य कहाँ अहिले पनि औषधि लिन मान्छे उत्तिकै जाने गर्दछन्। पुराना जडीबुटीको थप अध्ययन अनुसन्धान गरी यस्ता बुटी प्रशोधन गरी औषधि प्रयोग गर्नु पर्ने यसका जानकारको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.