आदेश कुर्दै सिनेमा हल

आदेश कुर्दै सिनेमा हल

काठमाडौं : राम्रा र स्तरीय फिल्म प्रदर्शनमा आऊन्। फिल्म हलमा खचाखच दर्शक होऊन्। फिल्म सकिएर भ¥याङ झर्दै गरेका दर्शकको दृश्य होस्।  हातमा कफी बोकेर हलतिर जाँदै गरेका मानिसको भीडभाड होस्। हरेक सो हाउसफुल होऊन्। फिल्मको चर्चा–परिचर्चाले बजार तताओस्। हरेक हल सञ्चालक तथा निर्माता, निर्देशक र कलाकारले कल्पना गर्ने दृश्य हो यो। तर विश्वभर फैलिएको कोभिड–१९ को महामारीले गर्दा मनोरञ्जनको क्षेत्र ठप्पप्रायः छ। चलचित्र प्रदर्शन हुने मन्दिरहरू बन्द छन्। मर्निङ सोबाट नाइट सोसम्म हल्लाखल्ला हुने हलमा यति खेर सन्नाटा छाएको छ। हल बन्द भएसँगै यस क्षेत्रमा काम गर्ने हजारौं मानिस बेरोजगार भएका छन्। 

हल सञ्चालकहरू हल खुलाउने तयारीमा छन्। कोरोना भाइरसको प्रकोप कहिलेसम्म रहिरहने हो, कुनै टुंगो नभएकाले पनि उनीहरू स्वास्थ्य सुरक्षाका उपाय अपनाउँदै हल सञ्चालन गर्ने मनसायमा पुगेका हुन्। चलचित्र निर्माता संघ, चलचित्र कलाकार संघ, चलचित्र प्राविधिक संघ तथा चलचित्र विकास बोर्डलगायतले फिल्म सुटिङ गर्न अनुमति दिनुपर्ने, फिल्म हल सञ्चालन गर्न पाउनुपर्नेलगायतका माग राखी सरकारलाई ज्ञापनपत्र पनि बुझाएका छन्। चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले दिएको जानकारीअनुसार यस विषयमा सञ्चार मन्त्रालयले पनि मन्त्रिपरिषद्मा प्रस्ताव लगेको छ। तर सरकारबाट कुनै निर्णय आएको छैन। दाहाल भन्छन्, ‘दसैंमा नयाँ फिल्म रिलिज गर्न पाउनुपर्ने माग हल सञ्चालकको छ। कलाकारहरूले पनि सुरक्षाका साधन अपनाउँदै काम गर्न पाउनुपर्ने माग गरेका छन्। ७ महिनादेखि फिल्म हल बन्द हुँदा अर्बौं रुपैयाँको घाटा भएको छ। 
हजारांै बेरोजगार भएका छन्। छिट्टै हल सञ्चालन गर्नुको विकल्प छैन। हल खोल्न सरकारी आदेशको पर्खाइमा छौं।’ गत वर्ष मात्रै सञ्चालनमा आएको बानेश्वरस्थित वान सिनेमाजले राम्ररी सोहरू सञ्चालन गर्न पाएकै थिएन। सञ्चालन भएको ६ महिना नपुग्दै महामारीले हल बन्द गर्नु प¥यो। फिल्म निर्माता तथा हल सञ्चालक प्रज्वलशमशेर जबराका अनुसार उनले हरेक महिना २५ लाखभन्दा बढीको क्षति बेहोर्नु परेको छ। अहिलेको क्षति पूरा गर्न निकै समय लाग्छ। हलको भाडा, मलको कम्युनिटी चार्ज, बत्तीको बिल, बैंकको ब्याज र कर्मचारीको तलबमा निरन्तर खर्च भइरहेको छ। 

क्यूएफएक्सका रोशन अडिगा भन्छन्, ‘सरकारले फिल्म हल सञ्चालन गर्न तत्काल अनुमति दिनुपर्छ। लामो समयको बन्दले केही हल सधैंका लागि बन्द हुने अवस्थामा पुगेका छन्।’ देशभरका हल सञ्चालकको साझा समस्या बुझेर अब छोटो समयमै हल खुलाउने तयारीमा सरकार रहेको चलचित्र विकास बोर्डका अध्यक्ष दाहालले जानकारी दिए। उनका अनुसार सरकारले अन्य व्यवसाय खुलाउने अनुमति दिएजस्तै सुरक्षाका मापदण्ड तोकेर मनोरञ्जन क्षेत्रलाई पनि सञ्चालनको अनुमति दिनु जरुरी छ। उनले भने, ‘एउटा व्यवसाय खुलाउने र अर्को रोक्ने गर्न मिल्दैन। यसका लागि समयमै निर्णय लिनु जरुरी छ।’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.