कार्यालय बन्द गरी किन पुगे प्रजिअ बारपाक?

कार्यालय बन्द गरी किन पुगे प्रजिअ बारपाक?

गोरखा : कोरोना संक्रमण फैलिरहेका बेला सेवाग्राहीको भीड बढेको भन्दै प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले कार्यालयबाट हुने अति आवश्यकबाहेक सबै सेवा बन्द गरेका छन् ।सार्वजनिक सूचना जारी गरी प्रजिअ भट्टराईले मंगलबार, बुधबार र बिहीबार कार्यालयको नियमित कामकाज बन्द गरेका हुन् । 'हामीले सूचनामै भनेका छौँ कि, सेवा लिन आउने सेवाग्राहीको चापको कारण संक्रमणको जोखिम बढ्ने भएपछि अत्यावश्यक सेवाबाहेकका नियमित सेवाहरु आउँदो कात्तिक ६ गतेसम्म बन्द गरिएको हो,' सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले भनिन्, 'कार्यालयमा ज्यादै भीडभाड भयो । भीड व्यवस्थापन गर्न प्रहरी नै परिचालन गर्नुपर्ने अवस्था आयो । त्यसैले नियमित सेवा बन्द गर्नुपरेको हो ।'

जिल्लाका अरु कार्यालयका कामकाज भने निर्वाध रुपमा सञ्चालन भइरहेका छन् । 'अरु कार्यालयले पनि जोखिम बढेको महशुस गरे भने बन्द गर्न सक्ने अधिकार उहाँहरुलाई छ,' सप्रजिअ खत्रीले भनिन् ।

जिल्लाको अभिभावकीय दायित्वसमेत भएकाले जिल्ला प्रशासन कार्यालय आफूले मात्र नियमित सेवा बन्द गर्नु उचित नहुने नागरिक समाजले तर्क गरेका छन् । 'सूचनामा जुन कोभिड १९ जोखिमको कारण देखाइएको छ, अहिलेकै अवस्थामा त्यत्ति उचित देख्दिन, ' नेपाल बार एशोसिएशनका पूर्व अध्यक्ष तथा मानवअधिकारकर्मी स्थानेश्वर दुवाडीले भने, 'किनभने पहिले पनि प्रशासन कार्यालय बन्द भएको थियो ।

त्यो बेला कार्यालयका कर्मचारीलाई समेत संक्रमण भएको थियो । अहिले त्यो अवस्था पनि छैन । पहिले एकै दिनमा २०, २२ जनामा संक्रमित बढेका थिए। अहिले त्यो अवस्था पनि छैन । अनि अरु कार्यालयले काम गरिरहेका बेला प्रशासन कार्यालयले आफ्नो काम मात्र रोक्नु उचित होइन।'

कार्यालयको नियमित सेवा बन्द गरी प्रजिअ भट्टराई, सप्रजिअ खत्रीसहितको टोली भूकम्पको केन्द्र विन्दू बारपाक पुगेका छन् । बर्खा महिनामा पहिरोमा घर क्षति भएकालाई राहत दिनका लागि बारपाक पुगेको सप्रजिअ खत्रीले बताइन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.