दसैं भत्ता बुझ्दै नवलपरासीका जनप्रतिनिधि

दसैं भत्ता बुझ्दै नवलपरासीका जनप्रतिनिधि

परासी : पश्चिम नवलपरासीका जनप्रतिनिधिले चाडपर्वबापतको दसैं खर्च लिएका छन् । लुम्बिनी प्रदेश सरकारले मुख्यमन्त्री, सभामुख, प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रनिनिधिका लागि चाडपर्व खर्चको प्रबन्ध नगरेको जनाइ रहेका बेला जिल्लाका जनप्रनिधिहरुले भने धमाधम दसैं खर्च बुझेका हुन् ।  

जनप्रतिनिधिहरुले दसैं खर्च लिएको बारे आलोचना बढेको भन्दै मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले विज्ञप्ति निकालेर चाडपर्व खर्च प्रबन्ध नगरेको प्रष्टिकरण दिएका छन् । 

विज्ञप्तिमा अझ चाडपर्व खर्च (दसैं खर्च) कसैले पनि नलिएको दाबी समेत गरिएको छ । रकम उपलब्ध गराएका केही पालिकाका प्रमुख प्रशासकीय अधिकृतले भने मुख्यमन्त्रीका प्रेस सल्लाहकार केसीले निकालेको विज्ञप्ति कानुनमा बाँझिने गरी सस्तो लोकप्रियताका लागि निकालिएको र कानुनअनुसार रकम दिइएको बताएका छन् । 

प्रदेश सरकारको स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सेवा सुविधासम्बन्धी कानुनमा संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७६ मा जनप्रतिनिधिका लागि अन्य सुविधासहित चाडपर्व खर्च पाउने उल्लेख छ । 

जिल्लामा ३ नगरपालिका र ४ गाउँपालिका गरी ७ स्थानीय तह छन् । सबैपालिकाहरुले साउनदेखि असोजसम्मको चाडपर्वसहित अन्य सबै सुविधा उपलब्ध गराएका छन् । ७ स्थानीय तहहरुबाट चाडपर्वका लागि मात्र करिब ४० लाख रुपैयाँ जनप्रनिधिलाई उपलब्ध गराइएको छ ।

५ स्थानीय तहहरुले जनप्रतिनिधिलाई रकम दिइसकेका छन् । सरावल र पाल्हीनन्दन गाउँपालिकाले साउनदेखि असोजसम्मको सुविधा र चाडपर्व खर्च दसैंअघि नै उपलब्ध गराउनका लागि चेक तयार भइसकेको जनाएका छन् । रामग्राम नगरपालिकाका लेखापाल सञ्जय शर्माले प्रदेशअनुसार चाडपर्वबापत  ८ लाख ४० हजार उपलब्ध गराएको जनाए । बर्दघाट नगरपालिकाका लेखाअधिकृत विष्णु पुरीले चाडपर्व खर्चलाई परिमार्जन गर्ने भन्ने बारेको परिपत्र नआएकाले कानुनअनुसार जनप्रतिनिधिहरुलाई खर्च उपलब्ध गराएको जनाए । उक्त नगरपालिकाले चाडपर्व खर्चबापत ७ लाख ४६ हजार उपलब्ध गराएको छ । 

प्रतापपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज खनालले कुनै पनि जनप्रतिनिधिहरुले लिदैनौं नभनेकाले प्रदेश सरकारले बनाएको कानुनअनुसार नै जनप्रतिनिधिको खातामा रकम पठाएको बताए । 

प्रदेश सरकारले बनाएको कानुनमा नगरपालिका र गाउँपालिका प्रमुख/उपप्रमुखले अन्य सुविधाबाहेक वार्षिक १५ हजारका दरले चाडपर्व खर्च पाउँछन् । त्यसैगरी दुवै स्थानीय तहका वडाअध्यक्षहरुले १२ हजार र कार्यपालिका सदस्यले १० हजारका दरले चाडपर्व खर्च पाउने उल्लेख छ । चाडपर्व खर्चमा नगरपालिकाका सदस्यले ८ हजार र गाउँपालिका सदस्यले ७ हजार पाउने उल्लेख छ । 

सबै सुविधा फिर्ता

यसैबीच सुनवल नगरपालिकाका प्रमुख भीमबहादुर थापाले आफूले पाउने सबै सुविधाबापतको रकम नगरपालिकाको सञ्चित कोषमा जम्मा गरेका छन् । साउनदेखि असोजसम्मको सेवा सुविधा र चाडपर्वबापतको कुल १ लाख ६६ हजार रुपैयाँ मेयर थापाले सञ्चित कोषमा जम्मा गरेको लेखापाल लेखनाथ गौतमले बताए । 

थापाले निर्वाचित भएलगत्तै आफूले पाउने सेवा सुविधाबापतको रकम सामाजिक कार्यसँगै नगरपालिकाको विकासमा खर्चिने जनाएका थिए । उनले अहिलेसम्म पाएको सेवा सुविधाबापतको रकम अशक्त तथा असायको उपचार, जेष्ठ नागरिक र स्वास्थ्य क्षेत्रमा खर्चेका छन् । बाँकी रकम सञ्चित कोषमा जम्मा गर्दै आएका छन् ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.