भारतीय प्रधानमन्त्रीको आग्रह: लापरवाही नगर्नू, चाडवाडमा कोरोना फैलनसक्छ

भारतीय प्रधानमन्त्रीको आग्रह: लापरवाही नगर्नू, चाडवाडमा कोरोना फैलनसक्छ

नयाँदिल्ली : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाइरसको संक्रमण अझै फैलिरहेको बेला लापरवाही नगर्न आग्रह गरेका छन् ।

देशबासीका नाममा मंगलबार साँझ सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । वहुसंख्यक भारतीय हिन्दू समुदायमा लोकप्रिय नवरात्रि पर्वको अवसरमा उनले चाडवाडमा सानो लापरवाहीले पनि ठूलो क्षति हुनसक्ने भन्दै महामारीबाट सावधान रहन आग्रह गरे ।

कोभिड १९ को महामारी फैलिएदेखि नै भारतीय प्रधानमन्त्री मोदीको देशबासीका नाममा यो सातौँ सम्बोधन हो । पछिल्लो समय आम नागरिकले महामारीप्रति सावधानी नअपनाएको भन्दै उनले यस्तो गल्तीले ठूलो क्षति हुनसक्ने भन्दै सचेत रहन सबैलाई आग्रह गरे ।

यस्तै सरकारले कोभिडको खोप उपलब्ध गराउने काममा पूरा प्रयास गर्ने पनि मोदीले प्रतिवद्धता व्यक्त गरे । भारतमा कोभिड १९ को महामारीको उपचार दर नाजुक देखिएको छ । यद्यपि मृत्युदर भने कम नै छ ।

पछिल्लो तथ्यांक अनुसार भारतमा हरेक १० लाख जनसंख्यामा ५ हजार ५ सय कोरोना संक्रमित देखिने गरेका छन् । जब कि, यस्तो तथ्यांक अमेरिका र ब्राजिलमा हरेक १० लाखमध्ये २५ हजार संक्रमित देखिने गरेका छन् ।

साथै भारतमा हरेक १० लाख परीक्षणमा ८३ जनाको मृत्यु हुने गरेको छ । जबकि अमेरिका, ब्राजिल, स्पेन, यूके जस्ता देशमा यो मृत्युदर ६ सय पुगेको बताइन्छ । यस्तै तथ्यांकका आधारमा प्रधानमन्त्री मोदीले आफूहरुले कोभिड महामारीविरुद्धको लडाइँमा सफल भएको बताए ।

देशभर चिकित्सक, नर्स लगायत स्वास्थ्यकर्मीहरुले कोरोनाविरुद्धको लडाइँमा गहन रुपमा काम गरेको भन्दै मोदीले उनीहरुको प्रशंसा पनि गरे । 'तर यो लापरवाही गर्ने बेला हैन । चाडवाडको मौसममा, बजारहरु खुलेका छन् । तर लकडाउनको अन्त्य भए पनि कोभिड १९ सकिएको छैन,' प्रधानमन्त्री मोदीले भनेका छन् । यस्तै हरेक भारतीय नागरिकले गएको ७-८ महिनादेखि गरेको प्रयासका कारण भारत अहिले स्थिर अवस्थामा रहेको भन्दै यसलाई थप फैलन नदिन आग्रह गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.