दार्चुलामा कोरोनाबाट एक पुरुषको मृत्यु
दार्चुला : कोभिड १९ का कारण दार्चुलामा पहिलो पटक एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा दुहुँ गाउँपालिका वडा नम्बर २ हिकिलाका ५३ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले बताए ।
उनले भेने ३/४ दिन पहिले ज्वरो आएर धनगढी गएका उनको उपचारका क्रममा त्यहाँस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको हो । ज्वरोसँगै श्वासप्रश्वासमा समस्या देखिएपछि उनी धनगढी गएको तथा उतै मृत्यु भएको खुल्न आएको भट्टले बताए । उनको मृत्युपछि गरिएको कोरोना परीक्षणमा पोजेटिभ रिपोर्ट आएको हो ।
मृतकको शव मंगलबार नेपाली सेनाले धनगढीमा व्यवस्थापन गर्ने तयारी गरेको दुहुँ गाउँपालिकाका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले बताए । कोरोनाका कारण मृत्यु भएका ती पुरुषको घरपरिवार तथा टोल छिमेक सिल गरी सम्पर्क पहिचान तथा स्वाव संकलन गर्ने कार्य तत्काल थालिने बताइएको छ । दार्चुलामा हालसम्म कोरोना संक्रमितको संख्या १ सय ९९ जना छ ।