नाइजेरियामा सुरक्षाकर्मीले भीडमाथि गोली चलाउँदा २ को मृत्यु
अबुजा : नाइजेरियामा प्रदर्शनका लागि जम्मा भएको भीडमाथि सुरक्षाकर्मीले गोली चलाउँदा २ जनाको मृत्यु भएको छ। ‘प्रहरी दमनविरुद्ध’ प्रदर्शनका लागि लेक्की जिल्लामा जम्मा भएको भीडमाथि सुरक्षाकर्मीले गोली चलाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
अनिश्चिकालीन कफ्र्यूका बेला लेक्की जिल्लामा भेला भएका प्रदर्शकारीमाथि सुरक्षाकर्मीले गोली चलाएको प्रत्यक्षदर्शीलाई उद्दृत गर्दै रोयटर्सले उल्लेख गरेको छ। मंगलबार साँझ गोली चल्दा त्यस क्षेत्रमा सयौँ मानिस रहेका थिए।
‘उनीहरूले भीडतिर गोली हान्न थाले’, एक प्रत्यक्षदर्शीले भने, ‘एक वा दुई जनालाई गोली लागेको देखेँ।’
घटनाको छानबिन गरिने अधिकारीहरूले बताएका छन्।
केही सातादेखि नाइजेरियामा हरेकदिन हजाराैँले ‘प्रहरी दमन' अन्त्यको माग गर्दै प्रदर्शन गरिरहेका छन्।