रानीपोखरी र दरबार हाइस्कुलको उद्घाटन हुँदै

रानीपोखरी र दरबार हाइस्कुलको उद्घाटन हुँदै

काठमाडौं : विनासकारी भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक रानीपोखरी र दरबार हाइस्कुलको उद्घाटन हुँदैछ। राष्ट्रपति विद्यादेवी भण्डारीले पुन:निर्माण गरिएको रानीपोखरी र दरबार हाइस्कुलको उद्‍घाटन गर्ने कार्यक्रम रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ।

राष्ट्रिय पुनः निर्माण प्राधिकरणका अनुसार बुधबार मध्यान्ह १२ बजेतिर राष्ट्रपति भण्डारीले पहिला रानीपोखरी र त्यसपछि दरबार हाइस्कुलको उद्घाटन हुनेछ। मल्लकालीन शैलीमा रानीपोखरीको पुनः निर्माण नेपाल सरकारले गरेको हो भने दरबार हाइस्कुलको पुनः निर्माण छिमेकी चीनको सहयोगमा भएको हो । २०७२ वैशाख १२ को गोरखा भूकम्पबाट क्षतिग्रस्त सम्पदा र ऐतिहासिक स्थलहरुको पुनः निर्माणमा यो एक महत्वपूर्ण काम मानिएको छ ।

यसअघि असोज १५ गते रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा गजुर प्रतिस्थापन गरिएको थियो। २०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएको बालगोपालेश्वर मन्दिरको पुननिर्माणको काम अन्तिम चरणमा पुगेपछि सुनको लेपन भएको गजुर राखिएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.