भारतमा कोरोना संक्रमितको संख्या घट्दो

भारतमा कोरोना संक्रमितको संख्या घट्दो

नयाँदिल्ली : भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितहरुको संख्या घट्दै गइरहेको छ । कोरोना भाइरसको महामारी शुरु भएदेखि बृद्धि हुँदै गइरहेको दैनिक संख्यामा केही समयदेखि कमी हुँदै आइरहेको हो । दैनिक झण्डै एक लाखसम्म संक्रमितहरु भेटिएको भारतमा अहिले दैनिक ५० हजारको हाराहारीमा झरेको तथ्यांकमा देखिएको छ । 

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा थप ५४ हजार ४४ जना संक्रमित भएका छन् । सोही अवधिमा कोरोनाका कारण ७१७ जनाको मृत्यु भएको पनि मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । 

भारतमा अहिलेसम्म कुल संक्रमितहरुको संख्या ७६ लाख ५१ हजार १०८ पुगेको मन्त्रालयले जनाएको छ । कुल संक्रमित मध्ये सात लाख ४० हजार ९० जना अझै पनि संक्रमित अवस्थामै रहेको पनि तथ्यांकमा देखिएको छ । भारतमा संक्रमित अवस्थामै रहेकाहरुको संख्यामा पनि पछिल्ला केही हप्तादेखि कमी आएको छ । लामो समयसम्म दैनिक झण्डै १० लाख मानिस संक्रमित अवस्थामै रहने गरेकोमा अहिले सात लाखको हाराहारीमा झरेको हो । 

संक्रमित भएर पनि निको भइसकेकाहरुको कुल संख्या ६७ लाख ९५ हजार १०५ पुगेको मन्त्रालयले जनाएको छ । त्यसैगरी भारतमा कोरोनाका कारण कुल मृतकको संख्या एक लाख १५ हजार ९१४ रहेको अधिकारीहरुले जानकारी दिएका छन् । 

भारतका प्रदेशहरु मध्ये कोरोनाबाट सबैभन्दा बढी महाराष्ट्र प्रदेश प्रभावित भएको छ । महाराष्ट्रमा मात्रै अहिले पनि एक लाख ७४ हजार ७५५ जना संक्रमित अवस्थामै रहेका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.