नेप्सेमा दोहोरो अङ्कको वृद्धि

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

काठमाडौं : धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । मङ्गलबार पनि दोहोरो अङ्कले बढेको नेप्से बुधबार १३.९४ बिन्दुले बढेर एक हजार ५९७.७१ मा पुगेको छ ।

यस्तै, सेन्सेटिभ परिसूचक ३.१० ले वृद्धि भई ३१६.६५ मा पुगेको छ । कूल १९२ कम्पनीका कूल ५५ लाख नौ हजार ४४८ कित्ता शेयर एक अर्ब ६३ करोड ३२ लाख ४६ हजार १४८ मूल्यमा खरिद बिक्री भए ।

स्टकका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये आज चार उपसमूहको शेयर ओरालो लागेको छ भने सात उपसमूहको शेयर भने उकालो लागेको छ । होटल १५।०३, जलविद्युत् १४।०९, वित्त ०।६, उत्पादन ६।३३ बिन्दुले घटेको छ । यस्तै, बैंकिङ २१।५५, व्यापार २३।४, विकास बैंक १०।०४, निर्जीवन बीमा ६४।२८, अन्य ३।०५, लघुवित्त ३।४१, जीवन बीमा ५७।९४ र सामूहिक लगानी कोष ०।१ बिन्दुले बढेको छ ।

स्टकका अनुसार कारोवारका आधारमा एनआइसी एशिया बैंक शीर्षस्थानमा छ । सो बैंकको रु २४ करोड २९ लाख ५७ हजार ८०७ बराबरको कारोवार भएको छ । यस्तै कुमारी बैंक  आठ करोड ३९ लाख ३० हजार ३४७, नेपाल बैंक सात करोड ४३ लाख ९७ हजार ६१०, हिमाल दोलखा हाइड्रोपावर रु छ करोड ६३ लाख ६९ हजार, ग्लोबल आइएमई बैंक रु चार करोड ५३ लाख ३५ हजार ४७२ र एनएमबी बैंक रु चार करोड १० लाख १४ हजार ८७१ बराबरको कारोवार भई शीर्षस्थानमा पुगेको छ ।

कारोवारका आधारमा आज जनरल इन्स्योरेन्स कम्पनी ९।८४, नेपाल हाइड्रो डेभलपर ४।४९, साङ्ग्रिला डेभलपमेन्ट बैंक ४।४०, एनआइसी एशिया बैंक ४।१३, कुमारी बैंक ३।९४ र साल्ट ट्रेडिङ कर्पोरेशनका लगानीकर्ताले २।७४ प्रतिशतले कमाए । त्यस्तै नेपाल फाइनान्स कम्पनी ५।०५, खानीखोला हाइड्रोपावर ४।७२, आँखुखोला हाइड्रोपावर ४।७२, पञ्चकन्या माई हाइड्रोपावर ४।५२, नेशनल हाइड्रोपावर ४।२४ र छुयाङदी हाइड्रोपावरका लगानीकर्ताले  ४।१२ प्रतिशतले गुमाए ।रासस
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.