उपत्यकामा एकैदिन थपिए ३ हजार १०७ जना कोरोना संक्रमित

उपत्यकामा एकैदिन थपिए ३ हजार १०७ जना कोरोना संक्रमित

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार १०७ जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन्। काठमाडौंमा २३९१ , ललितपुरमा १७३  र भक्तपुरमा ५४३ गरी ३ हजार १०७ जनामा संक्रमण देखिएको मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। 

नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ पुगेको छ। पछिल्लो २४ घण्टामा ५ हजार ७४३ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए। 

४४ हजार ४७४ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा १४ हजार ६७६ जना रहेका छन् भने होम आइसोलेसनमा २०हजार ८ सय जना छन्। यस्तै क्वारेन्टाइनमा ४ हजार ६५ जना रहेका छन्। 

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २० हजार ११८ नमूनाको पीसीआर परीक्षण भएको छ। बुधबार २९ सय ९६ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ९९ हजार ६०५ पुगेको छ। 

आइसीयूमा २६९ र ८७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। नेपालमा कोरोनाबाट ७९१ जनाको मृत्यु भएको छ। बुधबार मात्रै २६ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.