उपचार प्रदेश सरकारले गर्ने

उपचार प्रदेश सरकारले गर्ने

हेटौंडा : बागमती प्रदेश सरकारले सबै कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने भएको छ। सामाजिक विकासमन्त्री युवराज दुलालले मन्त्रिस्तरीय निर्णयबाट संघीय सरकारले खर्च व्यहोर्नेबाहेक अन्य सबै कोरोना संक्रमितको पनि प्रदेश सरकारले निःशुल्क उपचार गर्ने निर्णय गरेको हो। प्रदेशमा हाल २५ हजार एक सय ३५ जना कोरोना संक्रमित सरकारले निर्माण गरेको आइसोलेसन वार्डमा र घरमै आइसोलेटेड भएर बसिरहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। 

प्रदेश मातहतका अस्पतालमा निःशुल्क उपचारसँगै विभिन्न जिल्लामा रहेको ल्याबमा पनि निःशुल्क परीक्षण जारी रहने सामाजिक विकासमन्त्री युवराज दुलालले बताए। 

बागमती प्रदेश सरकारको मातहतमा रहेका मकवानपुर, सिन्धुली, रामेछाप, धादिङ, रसुवा, भक्तपुर, नुवाकोट र सिन्धुपाल्चोक जिल्ला अस्पतालद्वारा सञ्चालित आइसोलेसन र अन्य स्थानीय तहमार्फत सहकार्यमा सञ्चालित थप १५ वटा आइसोलेसनमा कोरोना संक्रमितको उपचार निःशुल्क उपचार भइहेको उनले जानकारी दिए। 

प्रदेश सरकारको उक्त निर्णयप्रति प्रदेशबासीले खुसी व्यक्त गरेका छन्। ‘यो राम्रो निर्णय हो, महामारीको बेला सरकारले जनताको उपचार गर्न सक्निदन भन्न पाउँदैन’, हेटौंडाका स्थानीय कमानसिं पाख्रिनले भने, ‘उपचार नपाएर कोही कोरोना संक्रमितको पनि मृत्यु हुने स्थिति आउनु हुँदैन।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.