बजार गुल्जार

बजार गुल्जार

रुपन्देही : विगतमा दसैंतिहार नजिकिएसँगै भैरहवाको सीमावर्ती बजार सुनौलीमा ठेलमठेल हुन्थ्यो। नेपाली उपभोक्ता लाम लागेर सीमापारी बजार गर्न जान्थे। मानौँ कि कसैले निःशुल्क आवश्यक साम्रगी वितरण गरिरहेको छ। कपडादेखि खाद्य पसलमा नेपाली उपभोक्ता तछाडमछाड गरिरहेको देखिन्थे।

नेपाली उपभोक्ता सुनौलीभन्दा ८ किलोमिटर टाढा नौतनवासम्म पनि बजार गर्न पुग्थे। नेपाली यात्रुलाई लक्ष्य गरी सुनौलीबाट नौतनवासम्म दैनिक २ सय वटा टेम्पो चल्ने गरेका थिए। जसमा ९५ प्रतिशत नेपाली यात्रु हुन्थे। 

सीमापारी सुनौली र नौतनवामा बजार गर्न रुपन्देहीबाट मात्र होइन गुल्मी, पाल्पा, अर्घाखाँची, नवलपरासी, स्याङ्जालगायत जिल्लाबाट उपभोक्ता आइपुग्थे। वारिभन्दा पारी सस्तोमा सामान पाइने मनोविज्ञानका कारण नेपाली उपभोक्ता उतै पुग्थे। दसैंतिहारमा सीमावर्ती भैरहवा बजार सुनसान रहन्थ्यो। तर, ठ्याक्कै सीमापारीको सुनौली बजार भने गुल्जार हुन्थ्यो। सुनौलीमा मात्र करिब ८ सय पसल छन्। यी सबै पसल नेपाली उपभोक्ताले चल्ने हो। ९५ प्रतिशत ग्राहक नेपाली हुन्छन्।

दसैंतिहारका बेला दैनिक चारदेखि पाँच हजार नेपाली उपभोक्ता लत्ताकपडा, भाँडाकुडा, मोबाइल, मोटरपाटर््स, खाद्यान्नलगायत साम्रगी किनमेल गर्न सुनौली पुग्थे। भारतको तहसिल सुनौली उद्योग व्यापार मण्डलका अध्यक्ष सुभाष जयसवालका अनुसार विगतमा दैनिक तीन करोड रुपैयाँको कारोबार हुने गरे पनि यस वर्ष कारोबार शून्य सरह छ। ‘चाडपर्वको बेला पनि समान्य दिन जस्तो कारोबार छैन’, उनले भने, ‘महिनौँदेखि बन्द रहेको पसल अहिले खोलिए पनि नेपाली ग्राहक नहुँदा कारोबार शून्य छ।’ दसैं सुरु हुनु एक महिना अघिदेखि बढ्ने चहलपहल तिहारको भाइटीकासम्म रहन्थ्यो। कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सीमाबाट सर्वसाधारणको आवतजावत बन्द रहेकाले नेपाली उपभोक्ता स्वदेशी बजारमै रमाएका छन्। जसकरण अहिले सीमापारीको बजार सुनसान छ भने स्वदेशी बजार गुल्जार छ। सीमापारी पुग्ने उपभोक्ता अहिले स्वदेशी बजारमै किनमेलमा व्यस्त छन्।

‘सीमा बन्दले उपभोक्ता सुनौली जान नपाएपछि स्वदेशी बजार गुल्जार छ’, भैरहवाका गौतम खाद्यान्न स्टोरका सञ्चालक आशीष गौतमले भने, ‘दसैंतिहारको बजार गर्न सीमापारी पुग्ने उपभोक्ता अहिले स्वदेशी बजारमै किनमेल गरिरहेका छन्।’ स्वदेशी बजारमै किनमेल

भएपछि अहिले भैरहवा नाकाबाट दैनिक तीन करोड रुपैयाँ बिदेसिनबाट रोकिएको छ। यसको साथै भारतीय ब्रान्डका साम्रगी खोज्ने उपभोक्ताले संक्रमण फैलिएयता नेपाली ब्रान्डको उपभोग बढाएका छन्। नेपाली ब्रान्ड प्रयोग गर्न थालेपछि नेपाली ब्रान्डप्रति उपभोक्ताको विश्वास बढेको व्यापारीहरू बताउँछन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.