गाउँमा छैन दसैंको रौनक

गाउँमा छैन दसैंको रौनक

बैतडी : कोरोना भाइरसका कारणले यो वर्ष बैतडीमा दसैंको रौनक नभएको स्थानीयले बताएका छन् । कोरोना भाइरसको जोखिमले जिल्ला बाहिर रहेकाहरु पनि जिल्ला भित्रिन नपाउँदा दसैंको खासै रौनक नभएको पण्डित देवदत्त भट्टले बताए । 

उनले भने ‘अरु बर्ष शक्तिपीठहरुमा पूजाआजाका लागि जिल्ला बाहिर रहेकाहरु पनि जिल्लामा भित्रिन्थे । बेग्लै रौनक हुन्थ्यो तर यो वर्ष कोरोनाका कारण दसैंमा समेत गाउँघर सुनसान बनेका छन् ।'

दसैंको समयमा विभिन्न शक्तिपीठमा बलिसहित पूजाआजा र जात्रा पनि हुने गरेको भएपनि यो वर्ष कोरोना भाईरसका कारण जात्राहरु स्थगित भएका छन् । दसैंको समयमा बसाईसराई गरेर गएकाहरु पनि गाउँ फर्किँदा रमाइलो हुने भएपनि कोरोना कहरले यो वर्ष समस्या निम्त्याएको सुर्नया ६का केशवदत्त अवस्थीले बताए । उनले यो वर्ष कोरोना कहरका कारण बसाइसराइ गरेर गएकाहरु फर्कन नपाएकाले गाउँमा अन्य वर्षको जस्तो रौनक नभएको बताए।

बैतडीमा विभिन्न मन्दिर तथा शक्तिपीठमा सामूहिक रुपमा जमरा राख्ने र दसैंको दिन सामूहिक रुपमै जमरा लगाउने चलन रहेको भएपनि यो वर्ष कोरोनाको जोखिम बढ्ने भएकाले सामूहिक रुपमा दसैं नमाउन सरकारले आग्रह गरेको छ । 

भीडभाडका कारण कोरोना जोखिम बढ्ने भएकाले घरमै दसैं मनाउन राम्रो हुने स्वास्थ्य कार्यालयका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए । उनले भने, 'अहिलेको समयमा भीडभाड गरेर चाडपर्व मनाउनु निकै जोखिम छ । त्यसैले घरमै चाडपर्व मनाउनु निकै राम्रो हुनेछ ।'

कोरोनाकै कारण यो वर्ष बैतडीका शक्तिपीठहरुमा बलि दिन रोक लगाइएको छ । बलि सहित जात्रा मनाएमा भीडभाड हुन सक्ने भएकाले स्थानीय प्रशासनले जात्रा तथा मेलामा रोक लगाएको छ ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.