हवाई फायर गरेर काठ तस्कर पक्राउ

हवाई फायर गरेर काठ तस्कर पक्राउ

बर्दिबास : हवाई पायर गरेर डिभिजन वन कार्यालय महोत्तरीले गौशाला नगरपालिका-१ रामनगरबाट २ जना काठ तस्करलाई पक्राउ गरेको छ।  

पक्राउ पर्नेमा गौशाला नगरपालिका-१ का ३२ वर्षीय सुरजा महतो र ३० वर्षीय सोमन मुखिया रहेको डिभिजन वन कार्यालय महोत्तरीका प्रमुुख हेमन्तप्रसाद साहले जानकारी दिए।

पक्राउ परेका तस्करबाट तीनवटा साइकल र साइकलमा लोड गरिएको करिब १४ क्युफिट सालको तीन थान काठको गोलीया बरामद गरिएको छ।

सशस्त्र वन सुरक्षा शाखा माइस्थानका रेन्जर सन्तोष यादवको नेतृत्वमा गएराति गएको वन सुरक्षा गस्ती टोलीले साइकलमा लैजाँदै काठ बरामद गरेको हो ।

बुुधबार साँझ तस्कर काठ लिन जंगल पसेको सूचना वन कार्यालयमा पुगेको थियो। सूचना पाए लगतै राति गएको वनका कर्मचारीले पौने १२ बजे राति तस्करलाई काठसहित जंगल बाटै पक्राउ गरेको हो।

वन कार्मचारी बाटो ढुकेर तस्करलाई नियन्त्रणमा लिएका थिए। ‘राति हामीले जंगलबाटै काठ तस्करी गर्दै  गरेकालाई घेरा हाल्याैँ’ वन रक्ष थानेश्वर यादवले भने, ‘दुुई जनालाई पक्रिन सफल भयाैँ। एक जना तस्कर साइकल छाँडेर भाग्यो।’ तस्करहरु मदिरा सेवन गरेर काठ काट्न जंगल पसेको पाइएको छ । 

साइकल छाँडेर भागेका काठ तस्करले गाउँमा हल्लीखल्ली गर्दा मध्यरातमा तस्कर समर्थकले वनका कर्मचारीलाई आक्रमण गर्न खोजेका थिए। वन कर्मचारीले एक राउण्ड हवाई फायर भीड तितरवितर पारेका थिए।

काठ तस्करीको आरोपमा पक्राउ परेका महतो र मुखियालाई सशस्त्र वन सुरक्षा शाखा माइस्थानमा राखिएको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.