बैतडीमा कोरोना संक्रमितको संख्या ४६८ पुग्यो

बैतडीमा कोरोना संक्रमितको संख्या ४६८ पुग्यो

बैतडी : बैतडीमा थप दुई जनामा कोरोना पुष्टि भएको छ । शनिबार डडेल्धुरा अस्पातलको प्रयोगशालामा भएको परीक्षणमा थप दुईजनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए । 

दोगडाकेदार गाउँपालिका २ का २१ वर्षीय पुरुष र मेलौली नगरपालिका २ का २० वर्षीय महिलामा कोराना पुष्टि भएको हो । दुवैजना भारतबाट फर्केर होम क्वारेन्टाइनमा बसिरहेका बताइएको छ । दोगडाकेदारका संक्रमित पुरुष भने ३ हप्ताअघि भारतबाट फर्केका र मेलौलीका संक्रमित महिला एकहप्ता अघि भारतबाट स्वदेश फर्केका हुन् । 

शनिबार थप दुईजनामा कोरोना पुष्टि भएसँगै जिल्ला संक्रमितको संख्या ४६८ पुगेको छ । ४६८ जना मध्ये ४४२ जना निको भएर घर फर्केका छन् भने २५ जना सक्रिय संक्रमित रहेका छन् । एकजनाको भने बैतडीमा कोरोनाका कारण मृत्यु भइसकेको छ । 

सक्रिय संक्रमितमध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा ६ जना रहेका छन् । यस्तै पाटन नगरपालिका र मेलौली नगरपालिकामा ५/५ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै सुर्नया गाउँपालिकामा ३, डिलाशैनी गाउँपालिकामा २ जना, सिगास, पञ्चेश्वर, शिवनाथ र दोगडाकेदार गाउँपालिकामा १/१ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । हाल पुर्चौडी नगरपालिकामा भने सक्रिय संक्रमित शून्य रहेका स्वास्थ्य कार्यालयका कोभीड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए  । 

पछिल्लो समयमा भारत तथा नेपालकै कोरोना प्रभावित क्षेत्रबाट फर्केका नागरिकहरुमा कोरोना पुष्टि हुन थालेपछि समुदायमा कोरोना फैलन सक्ने स्वास्थ्यकर्मीले चेतावनी दिएका छन् । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.