२४ घन्टामा २२ सय २५ जनामा कोरोना संक्रमण, १३ को मृत्यु

२४ घन्टामा २२ सय २५ जनामा कोरोना संक्रमण, १३ को मृत्यु

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या १ लाख ५५ हजार २३३ पुगेको छ। पछिल्लो २४ घण्टामा २२ सय २५ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ५५ हजार २३३ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। 

 ४७ हजार ५७ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार आइसोलेसनमा ४६ हजार ५७ जना छन् भने क्वारेन्टाइनमा ३३ सय २२ जना रहेका छन्।  मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १३ हजार ८४६ नमूनाको पीसीआर परीक्षण भएको छ। शनिबार २८ सय ४६ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १ लाख ८३ हजार ३४ पुगेको छ। 

नेपालमा हालसम्म कोरोनाबाट ८४२ जनाको मृत्यु भएको छ। शनिबार मात्रै १३ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.