पोहोर दसैंमा डेंगु त्रास, अहिले कोरोना

पोहोर दसैंमा डेंगु त्रास, अहिले कोरोना

घटस्थापनाको दिन थापाथलीस्थित मार्टिन चौतारीमा मलाई बिहान ११ बजे वक्ताको रूपमा बोलाइएको थियो। विषय थियो, ‘आदिवासी जनजाति र दसैं बहिष्कार प्रसंग।’ म भने भाइरल ज्वरोसँगै असह्य ढाड दुखिरहेकी श्रीमतीलाई उपचार गराउन बिहानै सुन्धारास्थित ‘काठमाडौँ भ्याली न्यूरो हस्पिटल’ को लाइनमा थिएँ। श्रीमती बेन्चमा लामो समय बस्न सक्ने अवस्थामा थिइनन्। एक त समयमै मार्टिन चौतारी पुग्नुपर्ने दबाब, त्यसमाथि श्रीमतीको कमजोर अवस्था। लाइनको व्यवस्थापन गर्ने ‘सिस्टर’ लाई विन्ति बिसाएपछि धन्न चाँडो पालो पाइयो। 

न्यूरोका डाक्टरले एक झोला औषधि भिडाइहाले। श्रीमतीलाई डेरामा ल्याइ, थोरै गाँस टिपेर म कार्यक्रममा दौडिएँ। छोरी बुनु थारूले बिहान सवा ११ बजेतिर फोन गरिन्, ‘मैले ममीको अनलाइन रिपोर्ट हेरेँ। उहाँलाई डेंगु भएछ। डेंगुकै कारण ढाड पनि दुःखेको रहेछ। न्यूरोको डाक्टरले दिएको कुनै औषधि नखुवाउनुहोला। एउटा मात्रै औषधि खुवाउँदा हुन्छ।’ छोरी बुनु पत्रकारितामा स्वस्थ्य बिटको रिपोर्टिङले परिवारका सबै सदस्यको स्वस्थ्यमा निकै सचेत छिन्।

साता दिन पहिले पनि श्रीमतीलाई भाइरल ज्वरोले सताएको थियो। ज्वरो पुनः उल्टिएर टेकु हस्पिटलमा जँचाएको त डेंगु पो देखियो। मार्टिन चौतारीको कार्यक्रमबाट निस्किएपछि मलाई पनि ज्वरोले गाँज्न थाल्यो। मेडिकलमा गएको त ‘निम्स’ थमाइदियो। साथीहरुले ‘निम्स’ ले मिर्गौलालाई असर गर्ने भनेपछि सिटामोल खान थालेँ। यता घरमा सामान्य ज्वरो तीनटै छोरीलाई थियो। 

अर्काे दिन कान्छी छोरी भूमिकाको जन्मदिन थियो। बिसन्चोका कारण ऊ जन्मदिन मनाउने मुडमा थिइन। तर अफिसबाट फर्किदा उसकी दिदीले ‘वर्थ डे केक’ बोकेर आइछे। बैनीलाई बर्थ डे केक थमाएपछि उ भने विस्तारामा डंगरंग लडी। ज्वरोले निस्लोट भएर आएकी थिई। अर्काे कोठामा बहिनीको केक काट्ने समयमा पनि उठेर आउन सकिन। जन्मदिन मनाउने छोरी केक काट्न छाडेर रुन थाली, ‘आमा, दिदी ज्वरोले लडेका छन्। मैले कसरी पो केक काट्नु।’ जसोतसो केकलाई लटरपटर व्यवस्थापन गरियो। 

अर्काे दिन कान्छी र माइली दुबै छोरीले टेकुमा रगत जँचाए। भोलिपल्ट रिपोर्ट आयो। ती दुबैलाई पनि डेंगु भएछ। हातमा डेंगुको रिपोर्ट लिएर कान्छी छोरी ‘नयाँ पुस्ता’ टेलिभिजन प्रोग्राम रेकर्ड गर्न अफिस जाने भइ। जबकी डेंगुको मुख्य औषधि भनेकै सिटामोल र आराम हो। उसँग आराम गर्ने समय थिएन। त्यसमाथि चिकित्सकले अर्काे दिन दिनमा चार पटक ‘कोडोपर’ खान भनेपछि उसले विस्ताराबाट टाउको उठाउन सकिन।

परिवारका पाँचैजना डेंगुले ढल्यौं। डेंगुले ढलाएको परिवारमा न रातो टीका, न जमरा। चिल्लो पीरोको पथपरहेजका कारण न माछा, न मासु। चाडवाडको बेला थारूको छोराले यसो एक दुई प्याग ‘दारु’ खाउँ भन्यो, त्यो त झन चान्स नै थिएन। 

घटस्थापना पछिको तेश्रो दिन मलाई काम विशेषले न्यूरोड जानुपर्ने भयो। साथीहरूले निकै जाम छ भनेपछि बाइक बागबजारमै छाडेर हिँड्दै न्यूरोड गएँ। तर गाडीभन्दा दसैंको किनमेल गर्ने पैदल यात्रुहरूको जाम बढी थियो। दुई–दुई ठाउँमा आकाशे पुलको हिँडाइले बागबजार फर्किदा म थकाइले लोथ थिएँ। अफिस आएपछि सहकर्मी अनन्त वाग्लेले भने,‘आज अफिसले तलब हालेको छ। म त सपिङ गएँ। पेज बनाउ है।’ पेज बनाएर घर पुग्दा रातको १० बजेको थियो। कमजोरीले मैले बडो मुस्किलले बाइक हाँक्दै कीर्तिपुर डेरा पुर्‍याएँ। 

अर्को दिन म पनि रगत जँचाउन टेकु अस्पतालमा थिएँ। ज्वरोले थलिएकी जेठी छोरी जुनुको पनि रगत जँचाइयो। त्यसको भोलिपल्ट रिपोर्ट आयो, ‘उही डेंगु।’ यसरी परिवारका पाँचै जना डेंगुले ढल्यौं। डेंगुले ढलाएको परिवारमा न रातो टीका, न जमरा। चिल्लो पीरोको पथपरहेजका कारण न माछा न मासु। चाडवाडको बेला थारूको छोराले यसो एक दुई प्याग दारु खाउँ भन्यो, त्यो त झन चान्सै थिएन। 

रिपोर्ट आएको दिन हाजिरसम्म गर्न अफिस गएँ। थारु पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष सन्तोष दहित मलाई भेट्न आएका थिए। उनीसँग चिया खाँदा पो मैले आफूलाई निरीह पाएँ। कारण चियाको कप उठाउनेसम्म ल्याकत ममा थिएन। शरीरको ऊर्जा स्यापसुप सुकेको थियो। स्वास्थ्य बिट हेर्ने सहकर्मी दिनेश गौतमसँग सल्लाह गर्दा उनले मेवाको पात सेवन गर्न सल्लाह दिए। डेरामा बस्ने मान्छे मेवाको बोट कहाँ पो खोज्न जानु। घरबाट मगाइएको काँचो मेवा थियो। त्यसकै तरकारी बनाइयो। बल्खु तरकारी थोक बजारबाट पाकेकै भए पनि मेवा ल्याइयो। हे दैव, बसबाट कीर्तिपुर, नयाँबजार ओर्लिएर डेरासम्म एक दुई किलो फलफूल लान पनि शरीरमा जाँगर थिएन। 

दसैंमा काठमाडौँका शक्तिपीठ दर्शन गर्ने मनसुवा बनाएको थिएँ। आफ्नै पिठ (पिँठ्यु) दुखेर हैरान भएको बेला कहाँको शक्तिपीठको दर्शन ? एकसाता औषधि खाएर छाडियो। तर औषधि खान छाडेको भोलपल्टदेखि शरीर असह्य चिलाउन थाल्यो। डाक्टरले शरीर चिलाउनु रोग ठीक हुँदै गएको लक्षण हो भनी एलर्जीको औषधि टिपाए। तर त्यो औषधिले अर्को दिन पनि बीसको उन्नाइस नभएपछि पुनः अर्को औषधि सुझाए। बरु ज्वरो आएर आराम गर्न जति सुविस्ता थियो, त्योभन्दा बढी शरीर चिलाएको हैरानी कैयौं गुणा सकसपूर्ण थियो। यसरी पोहोर साल रामरमाइलो नगर्दै दसैंको बिदा सकियो। त्यसो त यस वर्ष पनि कोरोना कहरले दसंैको रामरमाइलो कहाँ पो छ र ? पोहोर दसैंमा डेंगु त्रास, अहिलेको कोरोना।

   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.