बसन्तपुर दरबारमा दुर्गा भवानीको पूजा (फोटो फिचर)
![बसन्तपुर दरबारमा दुर्गा भवानीको पूजा (फोटो फिचर)](https://annapurnapost.prixacdn.net/media/albums/Mahanawami-Poojaa-1_20201025083329_sWcXUxR6mk.jpg)
काठमाडौं : आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आइतबार हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदैछ। आश्विन शुक्ल नवमीका दिन काठमाडौंको बसन्तपुर दरबार क्षेत्रमा दुर्गा भवानीको पूजा गरिएको छ। घटस्थापनाका दिन राखिएको जमरा महानवमीका दिन विभिन्न शक्तिपीठमा चढाइन्छ ।
दसैंघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना गर्ने प्रचलन छ। प्रत्येक वर्ष महानवमीका दिन बिहान हनुमानढोकामा राज्यका तर्फबाट बोका र राँगाको बली दिइने गरेको भएपनि यो वर्ष भने कोरोना भाइरस सङ्क्रमणका कारण बलि नदिएको दरबार हेरचाह अड्डाले जनाएको छ।
हनुमानढोका दरबारमा रहेको वर्षमा एकपटक महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर पनि यो वर्ष कोरोनाकै कारण खोलिएको छैन।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)