बैतडीमा कोरोनाका २४ सक्रिय संक्रमित

बैतडीमा कोरोनाका २४ सक्रिय संक्रमित

बैतडी  : हाल बैतडीमा कोरोनाका २४ जना मात्रै सक्रिय संक्रमित रहेका छन् । ४६८ जना संक्रमितमध्ये ४४३ कोरोनामुक्त भइसकेका छन् ।

संक्रमितमध्ये एक जनाको ज्यान गएको छ ।

जिल्लामा सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा ६ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए  । 

यस्तै पाटन नगरपालिकामा ५ जना सक्रिय संक्रमित रहेका छन् भने मेलौली नगरपालिकामा ४ जना सक्रिय संक्रमित रहेका छन् । जिल्लाको सुर्नया गाउँपालिकामा ३ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै डिलाशैनी गाउँपालिकामा २ जना सक्रिय संक्रमित रहेका छन् । 

यसैगरी सिगास, शिवनाथ, पञ्चेश्वर र दोगडाकेदार गाउँपालिकामा १÷१ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । हाल पुर्चौंडी नगरपालिकामा भने सक्रिय संक्रमित रहेका छैनन् । 

कोरोना भाईरसको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षा सतर्कताका मापदण्ड अपनाउन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् । चाडपर्वका बेला बढी भीडभाड गरेमा कोरोना भाईरसको जोखिम हुने भएकाले घरमै बसेर चाडपर्व मनाउन उनीहरुले आग्रह गरेका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.