युरोपमा कोरोना संक्रमितको मृत्युदर ४० प्रतिशतले बढ्यो, कोभिडका बिरामीले अस्पताल खचाखच

युरोपमा कोरोना संक्रमितको मृत्युदर ४० प्रतिशतले बढ्यो, कोभिडका बिरामीले अस्पताल खचाखच

लन्डन : युरोपमा पछिल्लो साता कोरोना भाइरस संक्रमितको मृत्युदर ४० प्रतिशतले बढेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले बताएको छ। डब्ल्यूएचओका अनुसार बेलायत, फ्रान्स, रुस, नेदरल्यान्ड तथा स्पेन लगायतका मुलुकमा एक तिहाइले कोरोना संक्रमण वृद्धि भएसँगै मृत्युदर बढेको हो।

यस्तै अस्पतालहरू अहिले कोभिडका बिरामीले खचाखच भरिएको डब्ल्यूएचओकी प्रवक्ता डा. मार्गरेट ह्यारिसले बताइन्। ‘अहिलेको चिन्ता भनेको धेरै बिरामी मानिसहरूले अस्पतालका सघन उपचार कक्षहरू भरिन थालेका छन्’, उनले भनिन्, ‘अस्पतालको क्षमता र व्यवस्थापनमा राम्रो सुधार गरिएको भएपनि थुप्रै देशका अस्पतालहरू छिट्टै भरिँदै छन्।’

पछिल्लो समय युरोपेली मुलकमा संक्रमण तीव्र बनेसँगै नयाँ प्रतिबन्ध लगाइएको र त्यसको प्रभावकारीता थाहा पाउन दुई साता कुर्नुपर्ने प्रवक्ता ह्यारिसले बताइन्। ‘हामीले संक्रमितको संख्या घट्दै गएको देख्छौँ तर त्यो रातारात देखिने कुरा होइन’, उनले भनिन्।

रुसमा एकैदिन हालसम्मकै उच्च मृत्यु
रुसमा एकैदिन हालसम्मकै उच्च संख्यामा मृत्यु भएको छ। मंगलबार एकैदिन ३२० कोरोना संक्रमितको ज्यान गएको हो। यसअघि साताको पहिलो दिन बुधबार (अक्टोबर २१) मा ३१७ संक्रमितको ज्यान गएको थियो।

यससँगै रुसमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २६ हजार ५८९ पुगेको छ।

इटालीमा पनि मृतकको संख्यामा वृद्धि
धेरै समयपछि इटालीमा पुनः कोरोना संक्रमण तीव्र हुन थालेको छ। मंगलबार मात्र २२१ जना कोरोना संक्रमितको ज्यान गएको छ। यससँगै इटालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७ हजार ७ सय पुगेको छ।

यस्तै इटालीमा मंगलबार २१ हजार ९९४ नयाँ संक्रमित भेटिएका छन्। यो संख्या साताभरिकै सबभन्दा बढी हो।

बीबीसीका अनुसार सोमबार नयाँ प्रतिबन्धको घोषणा गरेपछि इटालीका सहरहरूमा त्यसविरुद्ध प्रदर्शन भएका छन्।

बेल्जियममा संक्रमित चिकित्सकलाई पनि काममा आउन अनुरोध
बेल्जियमका अस्पतालहरूमा चिकित्सकको कमी हुँदै गएपछि अस्पताल प्रशासनले संक्रमित चिकित्सकलाई समेत काममा आउन आग्रह गरेको छ। पछिल्लो समय अस्पतालहरूमा कोभिडका बिरामीको चाप बढेकाले लक्षण नदेखिएका चिकित्सक तथा नर्सलाई काममा आउन आग्रह गरिएको हो।

हालसम्म बेल्जियममा ३ लाख ३३ हजार ७१८ जना संक्रमित भइसकेका छन्। त्यस्तै १० हजार ८९९ को मृत्यु भइसकेको छ।

बेल्जियममा मंगलबार मात्र १२ हजार ६८७ नयाँ संक्रमित भेटिएका छन् भने ८९ जनाको मृत्यु भएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.