बैतडीमा कोरोनाका सक्रिय संक्रमित २१ जना

बैतडीमा कोरोनाका सक्रिय संक्रमित २१ जना

बैतडी : बैतडीमा थप तीनजना डिस्चार्ज भएसँगै कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २१ रहेको छ । सुर्नया गाउँपालिकाका ३ जना डिस्चार्ज भएसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या २१ रहेको स्वास्थ्य कार्यालयका कोभीड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए । 

तत्कालका लागि सुर्नया गाउँपालिका र पुर्चौंडी नगरपालिकामा सक्रिय संक्रमित छैनन् । जिल्लामा सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा ६ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयका कोभिड १९ सम्पर्क व्यक्ति जोशीले जानकारी दिए । 

यस्तै पाटन नगरपालिकामा ५ जना सक्रिय संक्रमित रहेका छन् भने मेलौली नगरपालिकामा ४ जना सक्रिय संक्रमित रहेका छन् । जिल्लाको डिलाशैनी गाउँपालिकामा २ जना सक्रिय संक्रमित रहेका छन् । 

यस्तै सिगास, शिवनाथ, पञ्चेश्वर र दोगडाकेदार गाउँपालिकामा १/१ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । बैतडीमा ४६८ जना संक्रमित मध्ये ४४६ जनाले कोरोना जितेका छन् भने १ जनाको मृत्यु भएको छ । 

कोरोना भाइरसको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षा सतर्कताका मापदण्ड अपनाउन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् । चाडपर्वका बेला बढी भीडभाड गरेमा कोरोना भाइरसको जोखिम हुने भएकाले घरमै बसेर चाडपर्व मनाउन स्वास्थ्यकर्मीको आग्रह छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.