फ्रान्समा एक महिनाका लागि पुनः लकडाउन घोषणा

फ्रान्समा एक महिनाका लागि पुनः लकडाउन घोषणा

पेरिस : कोरोना भाइरस संक्रमण तीव्र बनेपछि फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले पुनः देशभर लकडाउन घोषणा गरेका छन्। बीबीसीका अनुसार शुक्रबारदेखि लागू हुने गरी नोभेम्बरको अन्त्यसम्म लकडाउन हुने भएको हो।

नयाँ व्यवस्थामा अत्यावश्यक काम र स्वास्थ्य सम्बन्धी कामबाहेक अन्य काममा मानिसलाई बाहिर निस्कन प्रतिबन्ध लगाइएको छ। त्यस्तै रेस्टुरेन्ट तथा बारहरू बन्द हुनेछन्। यद्दपि विद्यालय र उद्योगहरू भने खुल्नेछन्।

फ्रान्समा बुधबार अप्रिल महिना यताकै सबभन्दा बढी दैनिक संक्रमित देखिएका थिए। बुधबार ३६ हजार ४३७ नयाँ संक्रमित भेटिएका थिए। त्यस्तै २४४ संक्रमितको ज्यान गएको थियो।

यसैबीच जर्मनीले पनि रेस्टुरेन्ट तथा जिम लगायतका सार्वजनिक व्यवसायहरू बन्द गर्न सक्ने समाचारमा बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.