कोरोना रोक्न विश्‍वभर सफल देश ताइवान, जहाँ ७ महिनादेखि नयाँ संक्रमित थपिएनन्

कोरोना रोक्न विश्‍वभर सफल देश ताइवान, जहाँ ७ महिनादेखि नयाँ संक्रमित थपिएनन्

ताइपेइ : विश्वभर कोरोनाभाइरसको महामारी फैलिरहेका बेला चीनको छिमेकी देश ताइवानमा यसको असर फैलन दिइएको छैन ।

विज्ञहरु ताइवानलाई कोभिड १९ को महामारी नियन्त्रणका हिसावले सफल देश समेत मान्न थालेका छन् । २ करोड ३० लाख जनसंख्या रहेको ताइवानमा हालसम्म ५ सय ५० जना मात्रै संक्रमित देखिएका छन् । जसमध्ये जम्मा ७ जनाको मृत्यु भएको छ । त्यो पनि यहाँ झण्डै ७ महिनायता अर्थात २ सय दिनदेखि नयाँ संक्रमित थपिएका छैनन् ।

सरकारी अधिकारीहरुका अनुसार ताइवानमा पछिल्लो पटक गत अप्रिलको १२ तारिखमा संक्रमित भेटिएका थिए । त्यसयता नयाँ संक्रमित थपिएका छैनन् । यीनै आधारमा अष्ट्रेलियाको नेश्नल युनिभर्सिटी अफ मेडिकल सेन्टरका प्राध्यापक पिटर कोलिग्ननले कोरोना महामारीको सफल व्यवस्थापन गर्नसक्ने देशको सूचीमा ताइवान विश्वमै सबैभन्दा अगाडि रहेको बताए । यसवाहेक २०२० सुरु भएपछि महामारीका बीच आर्थिक सुधार गर्ने थोरै देशमा ताइवान पनि एक भएको बताइएको छ ।

ताइवानले महामारी नियन्त्रणका लागि मानिसको आवतजावत र भीड रोक्न सिमानामा कडाइ लगायत अन्य कडा प्रतिबन्ध लगाएको छ । जसले गर्दा कोरोना महामारी फैलिन नपाएको बताइन्छ । ताइवानले संक्रमण फैलिन थालेपछि नै सीमा नाकामा पनि कडाइ गर्नुका साथै उच्च सतर्कता अपनाएको हो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.