ट्याक्टरबाट खसेर बालकको मृत्यु

ट्याक्टरबाट खसेर बालकको मृत्यु

बैतडी : बैतडीमा ट्याक्टरबाट खसेर एक बालकको मृत्यु भएको छ । मेलौली नगरपालिका–८ बस्ने ५ वर्षीय आयुष विष्टको ट्याक्टरबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

मेलौलीको रायल्डबाट मेलौली आउने क्रममा बिहीबार साँझ साढेसात बजेतिर ट्याक्टरबाट खसेका बालकको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

हराडाखान भन्ने स्थानमा आफ्नै हजुरआमाको काखमा बसीरहेका बालक एक्कासी ट्याक्टरबाट खसेको बताइएको छ । से १ त ८५७ नम्बरको ट्याक्टरबाट बालक खसेका थिए । घटनापछि ट्याक्टर र चालक दीपक लुहारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मृतक बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पातलमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकसिंह धामीले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.