विश्वभर ४ करोड ५५ लाख बढी कोरोना संक्रमित, २ करोड ९६ लाख निको

विश्वभर ४ करोड ५५ लाख बढी कोरोना संक्रमित, २ करोड ९६ लाख निको

काठमाडौं : विश्वभर कोरोना भाइरसबाट ४ करोड ५५ लाख बढी संक्रमित भइसकेका छन्। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांङ्कअनुसार ४ करोड ५५ लाख १४ हजार ६९८ संक्रमित भइसकेका छन् भने २ करोड ९६ लाख २४ हजार ९६८ निको भइसकेका छन्।

गत डिसेम्बर महिनाको अन्तिमदेखि फैलिएको भाइरसबाट अमेरिकामा सबभन्दा बढी संक्रमित भएका छन्। शुक्रबार १ लाख १ हजार ४६१ संक्रमित भेटिएसँगै अमेरिकामा हालसम्म ९० लाख ४३ हजार ९५७ कोरोनाबाट संक्रमित भइसकेका छन्। संक्रमितमध्ये ३५ लाख ७८ हजार ४५२ निको भएर कोरोनामुक्त भएका छन् भने २ लाख २९ हजार ६७६ ले ज्यान गुमाएका छन्।

अमेरिकापछि भारतमा बढी संक्रमित देखिएका छन्। भारतमा ८० लाख ८८ हजार ८५१ संक्रमित भेटिइसकेका छन्। जसमध्ये १ लाख २१ हजार ९० जनाले ज्यान गुमाएका छन् भने ७३ लाख ७३ हजार ३७५ निको भइसकेका छन्।

यसैगरी ब्राजिलमा ५५ लाख १६ हजार ६५८ मानिस संक्रमित भइसकेका छन्। शुक्रबार मात्र २३ हजार १२६ नयाँ संक्रमित थपिएका हुन्। संक्रमितमध्ये ४९ लाख ८७ हजार ४३५ निको भएका छन् भने १ लाख ५९ हजार ४७७ निको भइसकेका छन्।

पछिल्लो समय युरोपमा संक्रमण तीव्र बनेको छ। शुक्रबार रुसमा १८ हजार २८३ नयाँ संक्रमित भेटिएका छन्। यो संख्या साताभरिकै सबभन्दा बढी हो। त्यस्तै फ्रान्समा ४९ हजार २१५ थप संक्रमित भेटिएका छन्। संक्रमण बढेसँगै फ्रान्समा दोस्रो चरणको लकडाउन घोषणा भएको छ।

शुक्रबार स्पेनमा पनि साताभरिकै बढी संक्रमित भेटिएका छन्। शुक्रबार स्पेनमा २५ हजार ५९५ नयाँ संक्रमित भेटिएका हुन्। त्यस्तै बेलायतमा २४ हजार ४०५ नयाँ संक्रमित भेटिएका छन्।

पछिल्लो समय तीव्र संक्रमण फैलिन थालेपछि युरोपका कतिपय मुलुकले कडा प्रतिबन्धसँगै पुनः लकडाउन समेत गर्न थालेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.