बैतडीमा ६ हजार बढीको परीक्षण, ४६८ जनामा कोरोना पुष्टि

बैतडीमा ६ हजार बढीको परीक्षण, ४६८ जनामा कोरोना पुष्टि

बैतडी : बैतडीमा ६ हजार बढी नागरिकको कोरोना भाइरस परीक्षण गरिएको छ । गएको चैत यता पीसीआर विधिबाट ६ हजार ८३ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य कार्यालयका कोभीड -१९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए ।

कोरोना परीक्षणका लागि ६ हजार १२७ जनाको स्वाब संकलन गरिएकोमा ६ हजार ८३ जनाको कोरोना परीक्षण भइसकेको उनले बताए  । ४४ जनाको मात्रै स्वाबको रिपोर्ट आउन बाँकी रहेको जोशीले जानकारी दिए । उनले भने ‘धेरैजसो भारतबाट फर्केका नागरिकको कोरोना परीक्षण गरिएको छ । यसका साथै पछिल्लो समयमा नेपालका पनि कोरोना प्रभावित क्षेत्रबाट आएका नागरिकको कोरोना परीक्षण गरिएको छ ।’

सबैभन्दा बढी पाटन नगरपालिकाका १ हजार ९४ जनाको कोरोना परीक्षण गरिएको छ भने दशरथचन्द नगरपालिकाका ५३२ जनाको कोरोना परीक्षण गरिएको छ । मेलौली नगरपालिकाका ५४४ जना, पुर्चौंडी नगरपालिकाका ७८५ जना, सिगास गाउँपालिकाका ४०९ जना र पञ्चेश्वर गाउँपालिका ५०७ जनाको कोरोना परीक्षण गरिएको छ । यस्तै सुर्नया गाउँपालिकाका ३५० जना,दोगडाकेदार गाउँपालिकाका ४ सय जना, डिलाशैनी गाउँपालिकाका ३४८ जना र शिवनाथ गाउँपालिकाका २६६ जनाको कोेरोना परीक्षण गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

यस्तै जिल्ला अस्पताल बैतडीमा विभिन्न ठाउँका ८४८ जनाको कोरोना परीक्षण गरिएको बताइएको छ । ६ हजार ८३ जना मध्ये ४६८ जनामा कोरोना पुष्टि भएको र बाँकी ५ हजार ६१५ जनाको कोरोना रिपोट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । ४६८ जना संक्रमितमध्ये १४ जना मात्रै सक्रिय संक्रमित रहेका छन् भने १ जनाको मृत्यु भइसकेको छ । जिल्लामा ४५२ जना कोरोना जितेर घर फर्किसकेका स्वास्थ्य कार्यालयले जनाएको छ । 

सक्रिय संक्रमितमध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकाका ६ जना रहेका छन् । यस्तै पाटन नगरपालिका र डिलाशैनी गाउँपालिकामा २/२ जना सक्रिय संक्रमित रहेका छन् । जिल्लाको शिवनाथ, पञ्चेश्वर, सिगास र दोगडाकेदार गाउँपालिकामा १/१ जना सक्रिय संक्रमित रहेका बताइएको छ। हाल पुर्चौंडी नगरपालिका र सुर्नया गाउँपालिकामा सक्रिय संक्रमित छैनन् । 

गएको असोज १ गतेदेखि जिल्ला अस्पातलमै कोरोना परीक्षण हुन थालेपछि सजिलो भएको छ । जिल्ला अस्पतालमा प्रदेश सरकारको सहयोगमा पीसीआर प्रयोगशाला स्थापना भएपछि करिब डेढ हजार जनाको कोरोना परीक्षण गरिएको अस्पातलका वरिष्ठ ल्याब असिष्टेन्ट चन्द्रसिंह डोबालले बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.